जेठ ९, काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्व सर्वोच्चमा रिट दर्ता गर्ने विपक्षी गठबन्धनको तयारीमा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल पक्षका २० सांसद मात्रै सहमत देखिएका छन् । सिंहदरबारमा भएको हस्ताक्षर संकलनमा माधव पक्षका २० सांसदले मात्रै हस्ताक्षर गरेका हुन् ।
माधव पक्षले आफ्नो पक्षमा ३५ सांसद रहेको दाबी गर्दै आएको थियो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तुत गरिएको दाबी पेशमा २६ सांसदले हस्ताक्षर गरेका थिए । तर आइतबार गरिएको हस्ताक्षर संकलनमा ६ जना सांसद अनुपस्थित भएका हुन् ।
माधव पक्षका नेताहरु थप सांसदहरुको सहमती जुटाउने प्रर्यत्नमा छन् ।
संसद विघटनविरुद्व नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र नेकपा (एमाले)को माधवकुमार नेपाल समूहका सांसदहरुको हस्ताक्षर संकलन गरिएको छ ।
वि.सं.२०७८ जेठ ९ आइतवार १५:१८ मा प्रकाशित






























