back
CTIZAN AD

प्रचण्डलाई गुरु थापेर कांग्रेस ‘प्रचण्ड पथ’ मा लागेको प्रधानमन्त्री ओलीको आरोप

वि.सं.२०७८ जेठ ९ आइतवार

735 

shares

९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले उत्तेजना र आवेगमा प्रचण्डलाई गुरु थापेर ‘प्रचण्ड पथ’ मा लागेको आरोप लगाएका छन् ।

आइतबार दिउँसो बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेर बहादुर देउवाले अर्काको पार्टी फुटाएर पार्टीभित्र वागी विद्रोही सिर्जना गरेर किर्ते नाम लिएर राष्ट्रपतिकोमा बुझाएको आरोप समेत लगाए ।

प्रधानमन्त्री ओलीले राजसंस्थालाई प्रेत संस्था भएको भन्दै त्यस संस्थाको विसाल फोटो बनाएर जनताबाट निर्वाचित जनप्रतिनिधिको गणतन्त्रको प्रतिकको रुपमा रहेको राष्ट्रपति संस्थालाई प्रेत संस्थामा लगेर सामान्ती संस्थाको खल्तीमा राख्ने सम्मको काम गरेको भन्दै आपत्ति जनाए ।

‘त्यो लोकतन्त्रले दिएको स्वतन्त्रताको दुरुपयोग भन्दा बढी के हुन्छ । यसरी र राष्ट्रिय राजनीतिलाई गलत दिशातिर लैजाने काम कसैले नगरौं ।’ प्रधानमन्त्री ओलीले भने ।

उनले केही वुद्धिजीवीहरु आफ्नो बुद्धि र प्रतिष्ठाको गलत प्रयोग गरेर अपव्याख्यामा उर्लिनु दुःखको कुरा रहेको समेत बताएका छन् । ‘लोकतन्त्रमा यस्तो हुनु हुँदैन । हाम्रो निष्ठा लोकतन्त्र, संविधान, देश र जनताप्रति हुनुपर्यो । संविधानमा एउटा व्यवस्था छ, त्यस व्यवस्थाको अपव्याख्या गरेर संविधान प्रति निष्ठा नराखेर अन्यथा काम गर्नेकुरा विल्कुल उचित होइन ।’ प्रधानमन्त्री ओलीले भने ।

कोरोनाका कारण देश र जनताले भोगिरहेको समस्याबाट ध्यान अन्यत्र मोड्न खाजेको र राजनीतिक र लोकतान्त्रिक प्रणालीको अभ्यासप्रति नै जनताको वितृष्णा बढ्ने गरी अवान्छित र अस्वस्थ क्रियाकलाप गर्ने प्रवृत्तिहरु आफुले झेल्दै आएको समेत बताए ।

‘जतिबेला हामीले कोभिडकाविरुद्ध आफ्ना प्रयासहरु केन्द्रीत गर्नुपर्ने हो, त्यतिबेला समस्या खडा गरिएको र यहि मौकाको फाइदा लिएर सरकारका राम्रा उपलब्धिपूर्ण कामहरुलाई ओझेलमा पार्ने, चरित्र हत्या गर्ने, अत्यन्तै असभ्य तरिकाले सामान्तवादी कु–संस्कारको त्यो भन्दा अवान्छित प्रभाव के होला ?’ उनले भने ।

 

वि.सं.२०७८ जेठ ९ आइतवार १६:२५ मा प्रकाशित

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थान्तरण...

फुसको छानोबाट सुरक्षित आवाससम्म

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा...

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता...

रास्वपा महाधिवेशनः सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

रास्वपा महाधिवेशनः सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७...

चित्रकार यादवको मिथिला चित्रकला

चित्रकार यादवको मिथिला चित्रकला

काठमाडौँ । चित्रकार हरेराम यादवले मिथिला चित्रकलालाई केन्द्रमा राखेर एकल...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...