back
CTIZAN AD

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही गर्दै प्रहरी

वि.सं.२०७८ जेठ ९ आइतवार

624 

shares

९ जेठ, सिन्धुली । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने भए पनि निषेधाज्ञा उल्लङ्घन गर्नेको सङ्ख्या भने बढ्दो छ ।

निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, डेरी, फलफूल बाहेकका सबै पसल बन्द गर्ने, अत्यावश्यक बाहेकका सबै सवारी चल्न नपाउने निर्णय प्रशासनले गरे पनि दैनिक रूपमा निषेधाज्ञा उल्लङ्घन गर्ने बढेपछि उनीहरूलाई कारबाही गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार निषेधाज्ञाको उल्लङ्घन गर्ने ५०४ सवारी कारबाहीमा परेका छन् । “विभिन्न बहाना बनाई सवारीमा अनावश्यक रूपमा हिँड्डुल गर्ने सवारी नियन्त्रणमा लिई पहिलो पटक सम्झाईबुझाई ट्राफिक नियमअनुसार जरिवाना गरेर छाडेका छौँ, उनले भने ।

हालसम्म जिल्लाका विभिन्न ठाउँबाट निषेधाज्ञा अवज्ञा गरी चलाउने चारपाङ्ग्रे सवारी साधन ७६ र मोटरसाइकल ४२८ कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।

निषेधाज्ञा उल्लङ्घन गर्नेमध्ये १७ अटो र ६३ मोटरसाइकलका कागजात नभएकाले ट्राफिक नियमअनुसार कारबाही गरिएको उनका भनाइ छ । यस अवधिमा निषेधाज्ञा उल्लङ्घन गरी हिँड्डुल गर्ने, सार्वजनिक स्थानमा हिँड्डुल गर्दा मास्क नलगाउने ४९२ जनालाई समेत होल्ड गरी सम्झाईबुझाई छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस अवधिमा पसल, होटेल सञ्चालन गर्ने १३ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको पनि उनले जानकारी दिए । जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३५ पुगेको छ । सोमध्ये १३३ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनाका कारण दोस्रो लहरमा १३ जनाले ज्यान गुमाउनु परेको छ । सङ्क्रमितमध्ये ७७६ होम आइसोलेशनमा रहेका छन् भने २८ जना संस्थागत आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
रासस

वि.सं.२०७८ जेठ ९ आइतवार १६:३६ मा प्रकाशित

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु २००...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ’गैरजिम्मेवार र राष्ट्रघाती’, तत्काल सच्याउन नेकपाको माग

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ’गैरजिम्मेवार र राष्ट्रघाती’, तत्काल सच्याउन नेकपाको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले नेपाल-भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले प्रतिनिधि...

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट...

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको...

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक...