back
CTIZAN AD

चीनमा म्याराथन दौडमा सहभागी भएका १६ प्रतियोगीको मृत्यु

वि.सं.२०७८ जेठ ९ आइतवार

1K 

shares

९ जेठ, गान्सु । चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ ।

प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन ।
चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो ।
प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठांग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ । पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मौसम अचानक गडबड भएर प्रतियोगीहरुलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । उनीहरुले नै मृतक र घाइतेहरुलाई उद्धार गरेका थिए ।

घटनामा परी केही प्रतियोगिहरु घाइते भएका र उनीहरुको उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रतियोगितामा १७२ जना प्रतियोगी सहभागी भएका थिए । उनीहरुमध्ये अधिकांशको अवस्था सामान्य नै रहेको जनाइएको छ ।
सिन्ह्वा

वि.सं.२०७८ जेठ ९ आइतवार १६:५० मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...