back
CTIZAN AD

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

वि.सं.२०८३ जेठ १५ शुक्रवार

1K 

shares

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण सम्झौतालाई अनुमोदन गर्ने पक्षमा मतदान गरेको छ ।

इयुको सहयोगमा भएको ऋण सम्झौताको अनुमोदन गर्दै युक्रेनको लागि आर्थिक बर्ष सन् २०२६ र सन् २०२७ मा ईयूबाट ९० अर्ब युरो (१०४.७ बिलियन अमेरिकी डलर) प्राप्त गर्न कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ, युक्रेनको अर्थ मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ।

अर्थमन्त्री सर्गेई मार्चेन्कोले भने “यो ऋणले युक्रेनको समष्टिगत वित्तीय स्थिरता कायम राख्न, प्राथमिकता बजेट खर्चको वित्तपोषण गर्न र रूससँगको द्वन्द्वको बीचमा देशको रक्षा क्षमता सुदृढ गर्न महत्त्वपूर्ण साधनको रूपमा काम गर्नेछ।”

सम्झौता अन्तर्गत युक्रेनको रक्षा तथा औद्योगिक क्षमतालाई बलियो बनाउनका लागि ६० अर्ब युरो खर्च गरिनेछ भने राज्यको बजेटका लागि ३० अर्ब युरो विनियोजन गरिनेछ।

युक्रेनले आगामी हप्ताहरूमा ३.२ अर्ब युरो बराबरको सहायताको पहिलो किस्ता प्राप्त गर्ने अपेक्षा गरेको मार्चेन्कोलेबताए ।

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०७:५३ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...