back
CTIZAN AD

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

वि.सं.२०८३ जेठ १५ शुक्रवार

540 

shares
लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको सङ्ख्या १० लाख नजिकै पुगेको र यहाँ यसवाहरूबीच ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम बढेको छ ।
समस्या समाधानका लागि कुनै पहल नगरिएमा सन् २०३१ सम्ममा रोजगारी, शिक्षा वा तालिममा नजाने १६ देखि २४ वर्ष उमेर समूहका युवाको सङ्ख्या १२ लाख ५० हजार अर्थात् हरेक छ युवामध्ये एक जनामा यो समस्या रहने हालै सार्वजनिक प्रतिवेदनले चेतावनी दिएको छ ।
प्रधानमन्त्री केइर स्टार्मरले गत वर्ष बढ्दो युवा बेरोजगारीको कारण बुझ्नको लागि समीक्षा गर्नुभएको छ ।
“हामी ‘लस्ट जेनेरेसन’को पुस्ताको जोखिममा छौँ,” समीक्षाको नेतृत्व गर्ने लेबर पार्टीका पूर्व क्याबिनेट मन्त्री एलन मिलबर्नले बिहीबार रिपोर्ट प्रस्तुत गर्नुअघि  भने ।
उनले भने, “यो युवाहरूको असफलता होइन। यो विगतमा अड्किएको व्यवस्थाको असफलता हो।”
रिपोर्ट अनुसार बेलायतका युवाहरू ‘रोजगारीको अवसरको सिढीको पहिलो खुड्किलो’ मा पुग्न सङ्घर्ष गरिरहेका छन् र १२ लाख ५० हजार बेरोजगार युवामध्ये ८४ प्रतिशत युवाले जागिर वा प्रशिक्षणमा जोडिन चाहन्छन्  ।
रिपोर्टमा भनिएको छ, “यो आतिथ्य रोजगारी, सप्ताहन्तको रोजगार र उद्यमजस्ता प्रवेश–स्तरको भूमिकाहरूमा ‘तीव्र गिरावट’ को परिणाम हो।”
“चाहे त्यो शिक्षा होस् वा स्वास्थ्य वा कल्याण, त्यो प्रणालीले श्रम बजारमा उनीहरूको सहभागिता सक्षम गर्न असफल हुन्छ,” मिलबर्नले भने ।
प्रस्तावित समाधानहरू वर्षको अन्त्यमा विस्तृत रूपमा तय गरिएको छ।
“मिलबर्न समीक्षामा पहिचान गरिएका मुद्दाहरू लामो समयदेखि व्यवसायहरूले रिपोर्ट गरेका छन्,” ब्रिटिश चेम्बर्स अफ कमर्सका महानिर्देशक शेभन ह्याभिल्यान्डले भने ।
उनले भने “यो रिपोर्ट रोजगारी, शिक्षा र प्रशिक्षणमा नभएका युवाहरूको सङ्कटको बारेमा नीति निर्माताहरूका लागि चेतावनीको हुनुपर्छ ।
(रासस/एएफपी)

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०८:०१ मा प्रकाशित

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...