back
CTIZAN AD

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

वि.सं.२०८३ जेठ १५ शुक्रवार

888 

shares
तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त राज्य अमेरिका र इरानले एकअर्कालाई जारी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्।
पछिल्लो आरोप प्रत्यारोप अमेरिका र इरानबीच अप्रिल ८ मा युद्धविराम सुरु भएपछिको सबैभन्दा गम्भीर आरोप हो । यसले युद्ध अन्त्यका लागि जारी वार्ता प्रयासलाई प्रभावित पारेको छ । अमेरिकी सहयोगी कुवेतले इरानले तनाबलाई ‘खतरनाक वृद्धि’ तर्फ धकेलेको आरोप लगाएको छ ।
इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरुत नजिकै आक्रमण बढाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ ।
बिना अनुमति स्ट्रेट अफ हर्मुज पार गर्न खोज्ने चारवटा जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आइआरआइबीले बिहीबार जनाएको छ । इरानले युद्ध सुरु भएदेखि अर्थात् फेब्रुअरी २८ देखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ ।
अमेरिकी सेनाले भनेको छ, “आफ्नो समूहले हर्मुज र वरपरका पाँचवटा ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिणी बन्दरगाह क्षेत्रको भू–नियन्त्रित स्टेशनबाट छैटौँ आक्रमणलाई रोकेको थियो।
बन्दर अब्बासमा भएको आक्रमणले इरानलाई ‘आक्रमणको स्रोतको रूपमा रहेको अमेरिकी सैन्य हवाई अड्डा’लाई निशाना बनाउन प्रेरित गरेको इरानको रिभोलुसनरी गाड्र्सलाई उद्धृत गर्दै आइआरआइबीले लेखेको छ ।
गाड्र्सले सैन्य आधार कहाँ छ भनेर स्पष्ट पारेको छैन, तर अमेरिकी सेनालाई आफ्नो भूमिमा शिविर राख्न दिएको कुवेतले आफ्नो हवाई प्रतिरक्षाले आक्रमणको जवाफ दिएको बताएको छ।
कुबेतको विदेश मन्त्रालयले पछि ‘कुवेतको भूमिलाई लक्षित गरी मिसाइल र ड्रोनद्वारा गरिएको आपराधिक आक्रमणको निन्दा गर्दै यसले खाडी क्षेत्रमा खतरनाक द्वन्द्वको वृद्धि गरेको बताएको थियो।
अमेरिकी सेन्ट्रल कमान्डले इरानी आक्रमणलाई ‘युद्धविराम उल्लङ्घन’ भनेको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले तेहरानले ‘आफ्नो राष्ट्रिय सम्प्रभुताको रक्षाका लागि सबै आवश्यक उपायहरू अवलम्बन गर्ने’ बताउनुभएको छ।
अमेरिकी अधिकारीले एएफपीसँग युद्धविरामको रक्षा गर्ने उद्देश्यले इरानमा कारबाही गरिएको बताएका थिए ।
इरानका गाड्र्सले बिहीबार थप आक्रमण भएको खण्डमा ‘कडा प्रतिक्रिया’ दिने चेतावनी दिएको छ।
यस भिडन्तले द्वन्द्वलाई औपचारिक रूपमा अन्त्य गर्ने उद्देश्यका साथ भइरहेको वार्ताको अनिश्चिततालाई सङ्केत गरेको छ । यद्यपि, कुनै पनि पक्ष पूर्ण युद्धमा फर्कन उत्सुक देखिएका छैनन्।
बिहीबारको हमलाअघि इरानको राजधानीमा रहेका २७ वर्षीय सफ्टवेयर डेभलपर आमिरले युद्धविराम र सम्झौताको चर्चाका बाबजुद नयाँ लडाइँको डर सधैँ रहेको बताए ।
“मलाई लाग्छ, केहि पनि निश्चित छैन”, उनले भने, “सर्वसाधारणको अहिले दैनिक प्रश्न के हुने गरेको छ भने के आज राति मिसाइल आक्रमण हुनेछ?” (रासस÷एएफपी)

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०८:३१ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...