back
CTIZAN AD

आज देशैभरी ७९१४ जनामा कोरोना संक्रमण पुष्टि, १९३ जनाको मृत्यु

वि.सं.२०७८ जेठ ९ आइतवार

954 

shares

जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ७,९१४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १८,९६५ पिसीआर र ९३१ ऐन्टिजेन परीक्षणमा ७,९१४ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ३६७, ललितपुरमा ६९४ र काठमाडौंमा १७६१ गरी उपत्यकामा २८२१ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १९३ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६,३४६ पुगेको छ ।

त्यस्तै २४ घण्टामा ७,६६४ जना निको भएका छन् । आज निको भएका ७,६६४ जनासँगै नेपालमा हालसम्म ३ लाख ९१ हजार ३४८ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो दर ७६.३ प्रतिशत हो ।

त्यसैगरी हाल देशैभरी १ लाख १५ हजार ५४७ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७,३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १७२१ जना र भेन्टिलेटरमा ४८४ जना उपचाररत छन् । साथै क्वारेन्टिनमा रहनेको संख्या ८७३ पुगेको छ ।
त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २९ लाख १६ हजार ४६८ वटा नमुना परीक्षण गरिएको छ ।

एकसातामा ३२ हजार बढीमा संक्रमण
मन्त्रालयका अनुसार नेपालमा एक सातामा ८२ हजार ८३२ वटा नमुना परीक्षण गरिएकोमा ३२ हजार ८३२ जनामा संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा ३० हजार ९४५ जना संक्रमणबाट मुक्त भएका छन् ।

गत साताको तुलनामा यो साता संक्रमण हुने क्रम घट्दो
मन्त्रालयका अनुसार नेपालमा गतसाता भन्दा यो साता कोरोना संक्रमित हुनेको संख्या केहि घटेको छ । समग्रमा ५.७ प्रतिशतले संक्रमित हुनेको संख्या घटेको हो । यो साता वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा संक्रमित हुनेको संख्यामा कमी आएको छ । साथै कर्णाली प्रदेश, प्रदेश २, प्रदेश १ र सुदूरपश्चिममा भने संक्रमण हुनेको संख्या बढिरहेको छ । ती मध्ये प्रदेश २ मा झण्डै १०५ प्रतिशतले यो साता संक्रमणको संख्या बढेको छ ।

त्यस्तै जिल्ला अनुसार झण्डै ५० जिल्लामा कोरोना संक्रमण व्यापक रुपमा फैलिएको छ । नेपालको जनसंख्या अनुसार हेर्दा प्रतिलाख जनसंख्यामा २७.८ प्रतिशत दैनिक संक्रमण देखिएको मन्त्तालयको तथ्यांक छ । गतवर्षको तुलनामा यो वर्ष तीनगुणा बढीले संक्रमणमा वृद्धि भएको पनि मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आज १२९ जनाको मृत्यु, ८ हजार ९८० संक्रमित थपिए

 

वि.सं.२०७८ जेठ ९ आइतवार १७:१३ मा प्रकाशित

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको...

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक...

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै...

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएका...