back
CTIZAN AD

नागरितासम्बन्धी अध्यादेश जारी, जन्मसिद्धका सन्तानले वंशजको नागरिता पाउने

वि.सं.२०७८ जेठ ९ आइतवार

747 

shares

जेठ ९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानलाई वशंजका आधारमा नागरिकता दिन मिल्ने व्यवस्था छ । यसअघि जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

मधेशकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

नेपालको अन्तरिम संविधान २०६३ मा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउने व्यवस्था थियो । तर, संविधान निर्माण गर्दा उक्त व्यवस्था हटाइएको थियो ।

मधेश केन्द्रीत दलहरुले नागरिकताको व्यवस्थासम्बन्धी प्रावधानप्रति विरोध गर्दै आएका थिए । अन्तरिम संविधानमा उल्लेख भएको व्यवस्था संविधानमा राख्नुपर्ने माग उनीहरुको थियो ।

वि.सं.२०७८ जेठ ९ आइतवार १७:२७ मा प्रकाशित

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको...

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक...

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै...