back
CTIZAN AD

कोरोनाका कारण आज १२९ जनाको मृत्यु, ८ हजार ९८० संक्रमित थपिए

वि.सं.२०७८ जेठ ८ शनिवार

705 

shares

८ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १२९ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६,१५३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १९,३५७ पिसीआर र ७४८ ऐन्टिजन गरी २०,१५० नमुना परीक्षणमा ८,९८० जना नयाँ संक्रमित थपिएका छन् ।

आज थपिएका ८,९८० जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ८,८४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८,८४८ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख १५ हजार ८०६ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७,७०३ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १०३ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १७३२ जना र भेन्टिलेटरमा ५२३ जना उपचाररत छन् ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २८ लाख ९७ हजार ५०३ वटा नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पहिलो २१ लाख १३ हजार ८० जनाले पहिलो चरणको खोप लिइसकेका छन् भने दोस्रो चरणको खोप लगाउनेको संख्या ५ लाख १४ हजार २५३ पुगेको छ ।

कोरोना संक्रमणबाट आज १७७ जनाको मृत्यु, ८६०७ संक्रमित

वि.सं.२०७८ जेठ ८ शनिवार १७:२१ मा प्रकाशित

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको...

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक...

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै...