back
CTIZAN AD

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी

वि.सं.२०७३ माघ २६ बुधवार

636 

shares

२६ माघ, बागलुङ । स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लामा हालसम्म एकहजार २७ जना बिमितले उपचार सेवा लिएका छन् । जिल्ला भित्रकै स्वास्थ्य संस्थामा सेवा लिने ९०३ र अन्यत्रबाट लिने १२४ जना रहेका छन् । स्वास्थ्य संस्थाबाट सामान्यदेखि जटिल उपचारसम्मको सेवा बिमित सदस्यले पाएका छन् । स्वास्थ्य बिमा कार्यक्रम बागलुङका अनुसार सबैभन्दा बढी सेवा धवलागिरि अञ्चल अस्पतालबाट ५६२ जनाले लिएका छन् । २५ जना बिरामी उक्त अस्पतालबाट बाहिरका ठूला अस्पतालमा पठाइएको छ । बूर्तीवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट १२५ जनाले सेवा लिएको र २७ जनालाई अन्यत्र पठाइएको छ । यस्तै, गलकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिनेको सङ्ख्या १३२ र प्रेषण हुनेको सङ्ख्या २० छ । कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रबाट ९४ जनाले सेवा लिएको र ५२ जनालाई बाहिर पठाइएको कार्यक्रमका प्रबन्धक जीवलाल खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा गत पुस मसान्तसम्ममा जिल्लाका एक हजार ४१३ परिवारका ६ हजार ५१८ जना सदस्य दर्ता भएका छन् ।  पाँच जनासम्मको परिवारले रु दुई हजार ५०० को बिमा रकमबाट वर्षमा रु ५० हजारसम्मको उपचार सेवा निःशुल्क पाउने गरेका छन् । जिल्लामा उपचार हुन नसके थप उपचारका लागि जिल्ला बाहिर तोकिएका स्वास्थ्य संस्थामा पठाइने गरिएको प्रबन्धक खरेलले बताउनुभयो । स्वास्थ्य बिमाबाट बागलुङ नगरपालिका–४ कि ५५ वर्षीया सरस्वती शर्माले पाठेघरको शल्यक्रिया सेवा लिनुसक्नुभएको छ । शर्माले पोखराको मणिपाल शिक्षण अस्पतालबाट रु ५० हजार बराबरको उपचार सेवा निःशुल्क प्राप्त गर्नुभएको हो । शर्माजस्तै थुप्रै बिमित सदस्यले विभिन्न स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार सेवा पाएका छन् । बिमाको लागि परिवारमा पाँचजना भन्दा बढी सदस्य रहेमा प्रतिसदस्य रु ४२५ का दरले थप रकम तिर्नुपर्ने प्रावधान छ । ‘हरेक वर्ष रु दुई हजार ५०० तिरेर सदस्यता नवीकरण गर्नुपर्छ, उक्त रकमपछि फिर्ता हुँदैन’ प्रबन्धक खरेलले भन्नुभयो ‘सरकारले निःशुल्क दिने औषधि बाहेक कार्यक्रमले तोकेका औषधि किन्दा १५ प्रतिशत रकम सदस्य स्वयम्ले तिर्नुपर्ने व्यवस्था छ ।’ रकम तिर्नै नसक्ने अति विपन्न परिवारले सरकारले दिएको गरिब परिचयपत्र ल्याए निःशुल्क रुपमा सदस्यता दिइनेछ । यस कार्यक्रमबाट प्रायः सबै खाले स्वास्थ्य समस्याको उपचार गर्ने गरिएको छ । ‘कस्मेटिक सर्जरी’, कृत्रिम अङ्ग राख्ने, तोकिए बाहेकका दाँच उपचार, कृत्रिम गर्भाधान, गर्भपतन जस्ता सेवा उपलब्ध नहुने जनाइएको छ । दर्ता सहयोगीमार्फत् बिमा सदस्य दर्ता गर्ने कार्य चलिरहेको स्वास्थ्य बिमा कार्यक्रम बागलुङले जनाएको छ । चालु आवभित्र जिल्लाका सबै गाविसमा बिमा कार्यक्रम पुर्याउने लक्ष्य रहेको कार्यक्रमले जनाएको छ । गत असार १५ गतेदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो । स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच स्थापित गर्न सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत स्वास्थ्य बिमा लागू गरेको हो ।

वि.सं.२०७३ माघ २६ बुधवार ०८:०९ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...