back
CTIZAN AD

हात्तीपीडित किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन सिफारिस

वि.सं.२०७३ माघ २६ बुधवार

999 

shares

२६ माघ,कञ्चनपुर । जङ्गली हात्तीको समूहले क्षति पु¥याएका कञ्चनपुरका ९८ किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन सिफारिस गरिएको छ ।

कञ्चनपुर जिल्ला वन कार्यालयले उखु र गहुँबालीमा हात्तीले क्षति पु¥याएका पुनर्वासका ६८ र बेदकोट नगरपालिकाका ३० किसानलाई चालु आवमा क्षतिपूर्ति रकम उपलब्ध गराउन धनगढीस्थित क्षेत्रीय वन निर्देशनालयमा सिफारिस पठाएको हो ।

पुनर्वासका ६८ जनालाई क्षतिको मूल्याङ्नका आधारमा रु एक हजारदेखि रु १० हजारसम्म उपलब्ध गराउने गरी रु पाँच लाख ९८ हजार र बेदकोट नगरपालिकाका ३०० जनालाई रु तीन लाख क्षतिपूर्ति रकम उपलब्ध गराउनका लागि सिफारिस गरिएको कार्यालयका नायब सुब्बा ईश्वरीदत्त पाण्डेयले बताउनुभयो ।

क्षतिपूर्तिका लागि कार्यालयमा अझै १३३ जनाले दिएको निवेदनमाथि छानबिन भइरहेको जानकारी दिंदै उहाँले आव २०७२÷७३ मा पुनर्वास नगरपालिकाको धानबालीमा हात्तीले क्षति पु¥याएका ६४ जना किसानलाई क्षतिपूर्तिबापत रु तीन लाख ९३ हजार र आव २०७२÷७३ मा सोही नगरपालिकाका उखु र गहुँ बलीमा हात्तीले नोक्सानी गरेका ४५ जना किसानलाई रु तीन लाख नौ हजार ३०० क्षतिपूर्ति रकम उपलब्ध गराइएको थियो ।

कृषि सेवा कार्यालय, सामुदायिक वन र प्रहरीको मुचुल्काका आधारमा राहत सिफारिस वितरण समितिले क्षतिपूर्तिको मूल्याङ्कन गरी किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यसैगरी, आव २०७२÷७३ मा हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परासन–६ का गर्भुराम चौधरीका परिवारलाई रु तीन लाख २३ हजार र आव २०७३÷७४ मा हात्तीकै आक्रमणमा परी ज्यान गुमाएका सुन्दरीदेवी डगौराका परिवारलाई क्षतिपूर्तिबापत रु पाँच लाख रकम जिल्ला वन कार्यालयले उपलब्ध गराएको छ ।

भारतीय दूधुवा नेसनल पार्कबाट नेपाली बस्तीमा छिर्ने जङ्गली हात्तीको समूहले बर्सेनि यहाँका किसानको जीउधन र अन्नबालीको नोक्सानी गर्दै आएको छ ।

वन कार्यालयले ठाउँ ठाउँमा हात्ती भगाउनका लागि साइरन जडान गर्ने कार्यसँगै इलाका वन कार्यालयमार्फत जनचेतना फैलाउने कार्यसमेत अगाडि बढाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा वन कार्यालयले स्थानीय बासिन्दाको जीउधन र खेतीको सुरक्षाका लागि हात्ती भगाउने कार्यसमेत गर्दै आएको छ । रासस

वि.सं.२०७३ माघ २६ बुधवार ०६:३९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...