Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

हत्यारालाई कारबाहीको माग गर्दै महिला आन्दोलित



जाजरकोट, २६ माघ । राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै यहाँका महिला आन्दोलित भएका छन् । राधिका सुनारका हत्यारालाई कडा र छिटो कारबाही गर्न माग गदै जाजरकोटका महिला आन्दोलित भएका छन् । यही माघ २३ गते बिहान भेरीमालिका–४ बोहराकी की २८ वर्षीय राधिका सुनारको हत्या भएको थियो । हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ गरी सोधपुछ गरेको थियो । सोधपुछपश्चात् दलबहादुरलाई छोडिएको थियो । हत्या गरेको केही दिन बितिसक्दा पनि दोषीमाथि कारबाही हुन नसकेको भन्दै महिला आन्दोलित भएका छन् । दोषीलाई कारवाही नहुन्जेलसम्म आन्दोलन नरोकिने स्थानीय शान्ता विकले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया