back
CTIZAN AD

आमाको ममतामयी थप्पड जस्तो मृत्यु

वि.सं.२०७३ माघ २६ बुधवार

888 

shares

basanta prakash upadhya

एउटा वोर्डमा आँखा प¥योः ‘Road closed, Works at progress’

धेरैबेर आँखा गड्यो वोर्डमा । जीवन र नियति जस्तै…। केही प्रगति भइरहेको तर तत्काललाई अपेक्षित बाटो बन्द भइरहेझैँ अनुभूति मिल्यो । म जस्तै ऊ । ऊ झैँ… हामीहरु । अनि हामीहरु सबैको जस्तै अवस्था र प्रसंगमा ठोक्किन पुगेँ म ।

पहिले नांगा थिए पाइताला । क्रमशः जुत्ता चप्पल हुँदै अग्लिने लालसाको ‘हिल’ले ‘एक्सिलेटर’ थिच्न पाएको छ यतिखेर । तर गन्तव्य उही कलंकी–कोटेश्वरको जाममा फसेको छ । चीसो हुँदा तातोका लागि एसी चलाइएला केहीबेर । दुर्भाग्य तातोपनाको वृद्धिले वाफिन्छ र छेकिन्छ सडक जस्तै सोच पनि । कति पुछ्नु कल्पित र अपेक्षित खोजीमा ऐनालाई ।

पत्रकार मित्र मुकुन्द सुवेदीले अप्रत्यासित भेटिनासाथ भने– ‘दाजु ! नलेख्नु न त्यसरी, मनै कुँड्याउने गरी ।’ आर्द्र मन मस्तिष्कलाई रोकेँ केहीवेर । तर आँखाले रोक्न सकेन आँसु । यही आँसुले त रहेछ जीवन र जगत्को चक्र चलाउन मोविल र ग्रिजको काम गर्ने ।

हज्जारौं मान्छेलाई भेटेँ हिजो आर्यघाटमा । मसान वैराग्यमा सबैको निचोड थियो– ‘आखिर लग्नु केही छैन ।’ दुर्भाग्य जसै हामी बाहिँरिँदै थियौं पशुपति परिसरबाट । थुप्रै मान्छेहरुले ‘पे–पार्किङ’मा पैसाको वार्गेनिङ गर्दै थिए । गौशाला चौक पुग्दा नपुग्दै तँछाडमछाड शुरु भइहाल्यो ।
हो, यस्तै हो जीवनको ‘भयावह’ सत्यलाई मृत्युले कोर्रा मात्रै हान्ने रहेछ , त्यसलाई ‘ट्रयाक’मा ल्याउन सक्दोरहेनछ । मृत्युले हाम्रो जीवनलाई सधैँ एउटा न एउटा गृहकार्य दिएर गएको हुन्छ, तर हामी त्यसलाई डायरीमा टिपेर राख्नुको सट्टा विर्सेर लालसाकै पाठ घोकिरहेका हुन्छौं । आमाको ममतामयी थप्पड जस्तो मात्रै रहेछ–मृत्यु । एक्कैछिन् दुख्छ, बिझ्छ र अँध्यारिन्छौं हामी । अन्यथा हामीलाई फुर्सद नै छैन– थप्पडको चोटमाथि आ–आफ्ना कमजोरी र खोट सम्झेर त्यसलाई सच्याउने ।

फेरि अर्को बोर्डमा आँखा प¥योः No Horn Please ! यतिखेर परिवेश कर्कश हर्न बजाएर तँछाडमछाड गरिरहेको देखिन्थ्यो । मैले भन्ने परेन– ‘हामी आफैले आ–आफ्ना अनुशासनलाई भंग गराएर विश्रृंखलाको तरंग भित्र्याएका हौं ।’

वि.सं.२०७३ माघ २६ बुधवार ०८:३५ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...