
एकीकृत जनक्रान्तिका कमान्डर,आदरणिय महासचिव विप्लव दाई –क्रान्तिकारी लाल सलाम ।
हरपल नेपाल– दाई तपाईंको साहसिलो कदमले नेपाली क्रान्तिको नयाँ कोणबाट वहस सुरु भएको छ । एकिकृत जनक्रान्तिको कार्यदिशाले सामाजिक समानताको स्थिति आउने विश्वास गदै हामी बिदेसमा बस्ने लाखौं युवाहरु खुशीले गद्गद् भएका छौ । हो कमरेड,हो चुनौती आएका छन तरपनि हामी किमार्थ डगमगाएका छैनौ, भनौ अझै स्पात भएका छौ,झनै तात्तिएका छौ,जोसिएका छौ । यो जोस र राँप केवल थबाङ्ग बाट आउने निर्देशनको पर्खाइमा रहेको कुरा यो पत्रबाट मलेसिया स्थित जनप्रगतिशिल मोर्चाको तर्फबाट अभगत गराउन चाहन्छु ।
आदरणिय कमरेड तपाई यतिबेला चुनौतीलाई सहायक बनाउँदै र क्रान्तिलाई सम्भावनातिर डोर्याउदै अगाडि बढ्दै जानुभएको छ । प्रचण्ड, बावुरामले क्रान्तिको कित्ताबाट बिदाइ लिएपछि माओवादी आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी तपाईको काधँमा आएको छ,क्रान्तिको विकास सम्भावनाको खोजी गर्ने इतिहासले सुम्पेको जिम्मेवारीलाई हामी आफ्नो ठाउँबाट सदा सहयोग र मलजल गरिहरने छौ । वर्ग दुस्मनको आगाडि कहील्यै कायरता प्रदर्शन गर्ने छैनौ,आनि निरन्तर क्रान्तिको बाटोमा हिडिरहने छौ,यो प्रतिबद्धता पनि जनाउन चाहन्छु ।
जसरी जनजिविकाको पक्षमा,राष्ट्रियता,स्वावलंबन र भष्टाचार अन्त्यको पक्षमा पुरै पार्टी पंक्तिलाई परिचालन गर्नभएको छ यसले हामीलाई क्रान्तिको निम्ती जनताको साथ मिल्ने कुरामा कुनै आसंका देखिन्न । मात्र पार्टीले ल्याउने नयाँ निती अनि थवाङको निर्देशनको पर्खाइमा एकीकृत जनक्रान्तिका राता योद्धाहरु रहेका छन ।
कमरेड तपाईले धेरै ठूलो उतार चढाव अनि विभिन्न कठिन परिस्थितीको सामना पनि गर्नुभएको होला । हुन त विभिन्न थरीको सोच र प्रवृती भएका जनतालाई क्रान्तिको विचारमा एकमतले ल्याउने काम त्यति सजिलो पनि छैन, तसर्थ अहीलेको राष्ट्रिय परिस्थितीमा तपाईले जसरी पार्टीको सफल नेतृत्व गरिराख्नु भएको छ ,त्यसबाट म लगाएत विदेसमा रहेका धेरै नेपाली युवाहरु जस्ले सामाजिक रुपान्तरणको विभिन्न खाले आन्दोलनमा एतिहासिक जिम्मेवारी पुरा गरेका छन,हामी सबै अत्यन्त उत्साहीत भएका छौ । हामीले धेरैपछि एक क्रान्तिकारी पार्टीले सफल र जनप्रिय नेता पाएको महसूस गरेका छौ ।
एकीकृत जनक्रान्ति सफल बनाउन अहिलेको परिस्थिती त्यति सहज छैन त्यो थाहा भएर पनि जसरी तपाईले हिम्मत गरेर जनताको समर्थको काममा पार्टीलाई निर्देशन गर्नुभएको छ,यसले हाम्रो अगाडि चुनौती भन्दा अवसरको नजिक लगेको मलाई महसूस भएको छ । जसरी जनजिविकाको पक्षमा,राष्ट्रियता,स्वावलंबन र भष्टाचार अन्त्यको पक्षमा पुरै पार्टी पंक्तिलाई परिचालन गर्नभएको छ यसले हामीलाई क्रान्तिको निम्ती जनताको साथ मिल्ने कुरामा कुनै आसंका देखिन्न । मात्र पार्टीले ल्याउने नयाँ निती अनि थवाङको निर्देशनको पर्खाइमा एकीकृत जनक्रान्तिका राता योद्धाहरु रहेका छन,हामी प्रवास संगठनबाट अनि मेरो व्यक्तिगत तर्फबाट पार्टीको फागुन १ देखि १० गतेसम्म हुने महाधिवेशनले क्रान्तिलाई अगाडि बढाउने महत्वपूर्ण निर्णय गरोस भन्दै पूर्ण सफलताको कामना गर्दछु ।
आदरणिय महासचिव कमरेड । तपाई विचारमा जसरी अडिग हुनुहुन्छ,हामीे त्यसमा सहमत भएर तपाईको नेतृत्वलाई स्वीकार गरेका हौं । भावि क्रान्तिको लागि तपाईमा देखिएको कुशल नेतृत्व अनि वैचारीक निष्ठाले सायद सबैलाई नतमस्तक गराएको हुनुपर्छ । मात्र ठिलो चाडोको कुरा हो,हिजोको क्रान्तिको शक्तिबाट सिंहदरवारमा रमाइरहेकाहरु हुन वा रातारात नयाँ बन्नेलाइनमा लागेका लाल गद्धारहरु, मलाई विश्वास छ थवाङबाट आउने गर्जनले ति सबैलाई फेरी एकपटक ब्यूझाउने छ । सबैलाई तपाईको सफल नेतृत्वले क्रान्तिको दिशामा ल्याउन सफल हुने छ,यसमा कुनै दुविधा छैन ।
महासचिव कमरेड, म तपाईंको एक पूर्व जनसेनाको सिपाहीको नाताले विदेसी भूमिबाट,मालिकको कामको व्यस्तताको वाबजुत पनि पार्टीको एतिहासीक महाधिवेशको सन्दर्भमा रहेर आफुले क्रान्तिको लागि देखेको सम्भावना र समस्याहरु अनि जनताको चाहनालाई प्रतिविम्बीत गरी पत्र लेख्ने प्रयत्न गर्दैछु । हुन त पार्टीको संगठनात्मक संरचना अनुसार पनि यि कुराहरु तपाई समक्ष राख्न सकिन्थ्यो होला तर मैले आफुले देखेको सत्यकुरा सबैले जानकारी पाउन र यसबाट आउने थप प्रतिकृयाले अझै पार्टीलाई सशक्त बनाउन सहयोग गरोस भन्ने सोचले संचारमाध्यमको सहायताले तपाईको नाममा खुला पत्र लेख्दै छु । वास्तवमा मैले पार्टीको जनस्तरमा देखिएको प्रभाव अनि आउदै गरेको महाधिवेशनले लिनुपर्ने निर्णयबारे मेरो ठाउँबाट सल्लाह,सुझाब दिनका लागि पनि यो पत्र लेख्दैछु । कृपया यसलाई एक पटक झन्झट नमानी पुरै पढेर आवश्यक लागेको अवस्थामा प्रतिकृया पनि दिनुहोला ।
(१)
मेरो पहिलो कुरा– महासचिव कमरेड । पार्टीले देसव्यापीरुपमा चलाएको भष्टाचार विरुद्धको अभियान,खाद्य संप्रभुताको आन्दोलन,राष्ट्रियता र जनजीविकाको सवाल र राज्यसँग अधिकार प्राप्तीकोे लडाईले एकिकृत जनक्रान्तिको दिशामा जन समर्थन बढिरहेको वास्तविक र सत्य कुरा भएको जानकारी गराउन चाहन्छु । त्यसका साथै पार्टीले लामो संघर्षपछि क्रान्तिलाई महाधिवेशाबाट अगाडि बढाउन खोजेको जस्तो मैले देखेको छु । जनताहरु दिनानुदिन राज्य,पुजिवादी संस्कार र वर्गिय,जातिय उत्पीडनका कारण अन्याय र अत्याचारमा बाँचीरहेका छन । सबैले सबैखाले उत्पीडनको अन्त्य होस भन्ने नै चाहेको देखिन्छ र त्यो जनक्रान्तिबाट मात्र सम्भव छ भन्ने पनि जनताले बुझेको देखिन्छ,नेपालको राजनीतिक उतार चढाबले गर्दा पार्टीलाई क्रान्तिको बाटोमा लैजान ढिलाई त भयो तर अब यो महाधिवेशनबाट कसरी अगाडि बढ्छ,भन्ने आम प्रश्न रहेको छ ? यो मेरो मात्र होइन,क्रान्तिलाई मायागर्ने धेरै मानिसको मनमा बसेको साझाँ प्रश्न हो । तपाईबाट यो प्रश्नको सार्वजनिक रुपमा जोडदार माग गर्दछु ।
(२)
मेरो दोश्रो कुरा–महासचिव कमरेड । हामीले पार्टीलाई क्रान्तिको निम्ती निमार्ण गरेका हौ । हीजो आदर र सम्मान गरिएका आदर्णिय कमरेडहरु सत्ताको बाटोमा हराए,क्रान्तिकारी मुल्य,मान्यता र जीवनशैली परित्यागको बाटोमा लागेको भनेर नै हामीले जनतालाई धोका नदिने सर्तमा,सच्चा क्रान्तिकारी पार्टी बनाउन जुटेका हौ भन्ने मलाई लाग्छ,सायद सत्य पनि यही वरीपरि छ होला । तर पार्टी भित्र क्रान्तिकारी कुरा गर्ने कतिपय नेताहरुको जीवनशैली अझै क्रान्तिकारीशैलीमा रुपान्तरण भएको देखिदैन । हामीले शिक्षामा एकरुपताको कुरा गर्छौ,हाम्रै छोरा छोरी महंगा र विदेसी स्कुल कलेजमा पढ्छन । हामीले पुजिवादी संस्कारको रुपान्तरणको कुरा गरिरहेका छौ,कतिपय नेताहरु त्यसमै हराइरहेका पनि सुनिन्छ । मैले चिज पुरै गलत भो भन्न खोजेको होइन,र त्यसो होइन पनि । मात्र पार्टी गलत दिशामा जान्छ कि भन्ने चिन्ता हो ? यस्ता देखिने तपाम समस्याहरुको हल कसरी हुन सक्छ ? हामी वास्तवमा सच्चा क्रान्तिकारी पार्टीका सदस्य कसरी बन्न सक्छौ ? तपाईसँग यो पनि मेरो आम नागरिकको प्रतिनिधीमूलक साझाँ प्रश्न रहेको छ ।
महाधिवेशनले क्रान्तिको दिशामा एतिहासिक निर्णय गर्नु पर्दछ,मुलुक र आम शोसित पिडित जनताको चाहना पनि विप्लव माओवादीले हाम्रो लाडि लड्छ भन्ने रहेको छ, त्यसलाई पार्टीले गम्भीरतापूर्वक लिएर अघि बढोस ।
(३)
मेरो तेश्रो कुरा– महासचिव कमरेड । साँचै यो देसको माया गर्ने अनि चिन्ता गर्ने र भोलिको जनक्रान्तिको जिम्मेवारी सम्हाल्ने पार्टीका जिम्मेवार सदस्य हौ भन्ने म आफूले महसूस गरेको छु । कमरेड पार्टीको महाधिवेशनको दौडानमा हामीसबै आ आफ्नो ढंगले जुटिरहेका छौ । पार्टीको आसन्न महाधिवेशनलाई हामीले एतिहासिक भनेका छौ । यो एतिहासिक शब्दमा मात्रै नभएर क्रान्तिको दिशामा जनतासँग जोडिने दिशामा पार्टीलाई निर्देसित गर्ने महत्वपूर्ण निर्णय र योजना ल्याएपछि मात्र वास्तवमा एतिहासिक हुन्छ भन्ने मेरो बुझाइ रहेको छ । हुन त परिवार पाल्न विदेसमा रोजगार गर्ने सामान्य मानिस,मैले धेरै कुरा नबुझेको पनि हुन सक्छु । जे होस मेरो भनाइ के हो भने, महाधिवेशनले क्रान्तिको दिशामा एतिहासिक निर्णय गर्नु पर्दछ,मुलुक र आम शोसित पिडित जनताको चाहना पनि विप्लव माओवादीले हाम्रो लाडि लड्छ भन्ने रहेको छ, त्यसलाई पार्टीले गम्भीरतापूर्वक लिएर अघि बढोस भन्ने हो । यो मेरो सानो सुझाव,सल्लाह वा बुझाइ मात्र रहेको छ ।
(४)
मेरो चौथो कुरा–नेपालको राजनीतिक व्यवस्था ठिक नभएकोले गर्दा लाखौ युवाहरु विदेसीनु परेको छ । आफ्नो रगत र पसिना बिदेसी भुमिमा खर्चिने हाम्रो चाहना होइन,बाध्यताको रुपमा आएको छ । मुलुकमा व्याप्त गरीबी,बढ्दो बेरोजगारी,सामाजिक तथा आर्थीक जटिलता र राजनीतिक अस्थिरताले गर्दा नै आज लाखौ नेपाली युवा युवतीहरु विदेसी गल्लीमा श्रम बेचीरहेका छन,त्यो कुरा तपाईलाई अवगत नै होला । पार्टीको आसन्न महाधिवेशनले युवाहरुलाई गोरुमोलाई गर्ने दलाली प्रथाको अन्त्य गर्न कस्तो निती अवलम्बन गर्छ ? विदेसमा रहेका युवाहरुलाई स्वदेसमै रोजगारी र श्रमको व्यवस्था गर्न कसरी सम्भव छ ? सदाको लागि विदेस जानबाट नेपाली युवाहरुलाई रोक्न अनि विदेसीएका युवाहरुलाई नेपाल फर्काउनका लागि के गर्न सकिन्छ ? यो पनि विदेसीयका आम युवाहरुको साझाँ प्रश्न बनेको छ ? विदेसमा रहेका आम युवाहरुले पार्टीको महाधिवेशनबाट माथिका विषयमा गम्भिर छलफल सहित कुनै विकल्प निकालोस् भन्ने अपेक्षा गरेका छन ।
र अन्त्यमा–आदरणीय महासचिव कमरेड विप्लव । यतिबेला सबै हाम्रो पार्टीको महाधिवेशनले के कस्तो निती ल्याउछ भन्ने पर्खाइमा बसेका देखिन्छन । घाइते,अपाङ्ग,वेपत्ता परिवार,सहिद परिवार,आम जनता र अन्य पार्टी भित्र रहेका परिवर्तनकारी योद्धहरुले पनि हाम्रो पार्टीको महाधिवेशनले एतिहासिक दस्तावेज ल्याएर जनताको पक्षमा संघर्ष गरोस भन्ने चाहेको देखिन्छ । साच्चै नै पार्टीले यतिबेला सबैको भावनाको सम्मान गर्दै महत्वपूर्ण निर्णय गर्नेछ भन्ने मैले पूर्ण विश्वास गरेको छु । हाम्रो महाधिवेशनसँगै नेपाली राजनीतिमा ठूलो तरंग ल्याउन सकोस । थवाङबाट आएको गर्जन वर्ग दुश्मनहरु सम्म पुगोस र ठूलो क्रान्तिकारी ध्रुविकरण होस । शुभकामना सहित अहिले पत्रबाट बिदा चाहन्छु ।
लेखक पूर्व जनमुक्ति सेना, हाल : नेपाली जनप्रगतिशिल माेर्चा मलेसिया- महासचिव हुन् ।