back
CTIZAN AD

राष्ट्रपतिले गरेको गलत निर्णय खारेज गर्न २२ राजनीतिक दलको माग

वि.सं.२०७८ जेठ १० सोमवार

717 

shares

१० जेठ, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लगायत २२ दलीय मोर्चाले राष्ट्रपतिले गरेको गलत निर्णय खारेज गर्न माग गरेको छ ।

मोर्चाको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलद्वारा जारी प्रेस विज्ञप्तीमा यतिखेर जनताको जीवनरक्षामा केन्द्रत हुनुपर्नेमा पुनः संसद विघटन गरेर निर्वाचनको मिति तोकिनुको पछाडी ठूलो षड्यन्त्र लुकेको जनाइएकाे छ ।

राष्ट्रपतिले गरेका गलत निर्णय सच्याउन माग गर्दै भनिएको छ, “विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ विशेषज्ञहरुले आगामी मङ्सिर र पुसमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने र त्यो अहिलेको भन्दा पनि बढी क्षति पु¥याउने किसिमको हुने चेतावनी दिएकै समयमा कथित संसदीय निर्वाचनको मिति तोकिनुले यसपछाडि ठूलो षड्यन्त्र लुकेको छ भन्ने बुझ्न सकिन्छ । जनता आफ्नो जीवनरक्षा चाहन्छन्, चुनाव होइन । यतिखेर हाम्रो आवश्यकता जीवनरक्षा हो, संसदीय निर्वाचन होइन । त्यसकारण, सम्पूर्ण राष्ट्रलाई नै यतिखेर जनताको जीवनरक्षामा केन्द्रित हुन हामी अपिल गर्दछौं र यससम्बन्धी राष्ट्रपतिले गरेको गलत निर्णय अविलम्ब खारेज गर्न हामी जोडदार माग गर्दछौं ।”

‘यतिखेर नेपाल राष्ट्र र नेपाली जनताको पहिलो र सर्वोच्च प्राथमिकताको विषय जीवनरक्षा हो । यसप्रति राष्ट्रपति र प्रधानमन्त्रीमा देखिएको तिरस्कार र संवेदनहीनताको हामी भत्र्सना गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

देशमा संकट पैदा गराउन मलजल गरी यस्तो स्थितिबाट फाइदा उठाएर विदेशी शक्तिहरुको चलखेल बढाउने गरी राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने गतिवधि भैरहेको प्रति सचेत हुन आह्वान गरिएको छ ।

यी हुन् कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक दलहरु :
१) नेकपा (मसाल),
२) नेकपा (क्रान्तिकारी माओवादी),
३) राष्ट्रिय जनमोर्चा, नेपाल,
४) देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल,
५) नेपाल कम्युनिस्ट पार्टी,
६) नेकपा (माओवादी केन्द्र),
७) नेकपा (माओवादी केन्द्र),
८) राष्ट्रिय जागरण मञ्च,
९) जनसमाजवादी पार्टी,
१०) नेकपा (संयुक्त),
११) राष्ट्रिय जागरण परिषद्, नेपाल,
१२) वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,
१३) नेकपा (बोल्शेविक),
१४) राष्ट्रवादी केन्द्र, नेपाल,
१५) एम.सी.सी.खारेज अभियान,
१६) पुष्पलाल अध्ययन समाज,
१७) सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी),
१८) माक्र्सवादी एकता अभियान,
१९) नेकपा (माक्र्सवादी),
२०) नेकपा माक्र्सवादी (पुष्पलाल),
२१) ने.क.पा. (माओवादी) र
२२) समाजवादी राष्ट्रिय मञ्च, नेपाल लगायत रहेका छन् ।

वि.सं.२०७८ जेठ १० सोमवार १७:१२ मा प्रकाशित

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको...

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक...

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै...