back
CTIZAN AD

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु, ७४२५ संक्रमित

वि.सं.२०७८ जेठ १० सोमवार

645 

shares

१० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ७,४२५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १९,८४६ पिसीआर र ६०७ ऐन्टिजेन परीक्षणमा ७,४२५ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेको यो संख्या आइतबारको तुलनामा झण्डै ४ सयले कमी हो ।

आज भक्तपुरमा २९८, ललितपुरमा ६८१ र काठमाडौंमा १८०६ गरी उपत्यकामा २७८५ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । आज थपिएका ७,४२५ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख २० हजार४६१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा १८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १८५ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६,५३१ पुगेको छ ।

त्यस्तै २४ घण्टामा ७,१३५ जना निको भएका छन् । आज निको भएका ७,१३५ जनासँगै नेपालमा हालसम्म ३ लाख ९८ हजार ४८३ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो दर ७६.६ प्रतिशत हो ।

त्यसैगरी हाल देशैभरी १ लाख १५ हजार ४४७ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७,३७६ जना र होम आइसोलेशनमा १ लाख ८ हजार ७१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १६९७ जना र भेन्टिलेटरमा ४६७ जना उपचाररत छन् । साथै क्वारेन्टिनमा रहनेको संख्या ९२४ पुगेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २९ लाख ३६ हजार ३१४ वटा नमुना परीक्षण गरिएको छ ।

आज देशैभरी ७९१४ जनामा कोरोना संक्रमण पुष्टि, १९३ जनाको मृत्यु

 

वि.सं.२०७८ जेठ १० सोमवार १७:०६ मा प्रकाशित

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएका...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने...

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...