back
CTIZAN AD

जन्मभूमिको पीडामा जुटे अमेरिकामा रहेका पाल्पालीहरु, २० अक्सिजन कन्सन्टेटर र स्वास्थ्य सामाग्री सहयोग

वि.सं.२०७८ जेठ ११ मंगलवार

789 

shares

११ जेठ, काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि अत्यावस्यक रहेको अक्सिजन कन्सन्टेटर सहयोगका लागि पाल्पाली संगम अमेरिकाले सहयोग अभियान अगाडी बढाएको छ ।

पाल्पाली संगमका अमेरिकाका संयोजक महेश भट्टराईको संयोजकत्वमा अगाडि बढेको उक्त अभियानमा हालसम्म ९४ जनाले आर्थिक सहयोग गरेको र १५,५०१ डलर (१५ लाख रुपैयाँ बढी) संकलन भएको जानकारी पाल्पाली संगमका केन्द्रीय अध्यक्ष पदम न्यौपानेले संसारन्युजलाई जानकारी दिएका छन् ।

फ्लोरिडामा रहेका सविन कार्कीले पाल्पाका कोरोना संक्रमितका लागि गो फन्डमार्फत् २०२९ अमेरिकी डलर संकलन गरेका छन् । उक्त रकम अक्सिमिटर खरिदका लागि खर्च गरिने बताइएइको छ ।
त्यस्तै २० अक्सिजन सिलिण्डर खरिदका लागि नुज इन्टरनेशनल काठमाडौंलाई ८,९४७ डलर भुक्तानी दिइसकिएको पनि अध्यक्ष न्यौपानेले जानकारी दिएका छन् ।

उक्त २० अक्सिजन कन्सन्टेटर पाल्पाको जनस्वास्थ्य कार्यालयमा पुगिसकेको र आज भोली नै पाल्पाका हेल्थ पोष्ट र कोरोना विशेष अस्पतालमा वितरण गरिनेछ । साथै अन्य रकम अस्पतालहरुका लागि कार्डियक मनिटर तथा पाल्पाका सबै पालिकाको एम्बुलेन्सका लागि डिजिटर ब्लड प्रेशर मेशिन (गुल्कोमिटर) सहयोग गर्ने प्रक्रियामा रहेको बताइएको छ ।

May be an image of body of water

आर्थिक अभियान जिम्मेवारी लिएका धर्म आचार्य र नेपालमा रकम पठाउन सहयोग गरेका शिव नेपाल, स्वास्थ्य अभियानका लागि टिमको नेतृत्व गरेका डा. सन्दीप पाण्डे, अनलाइनमार्फत् सबैलाई जुट्नका लागि सहयोग गरेका पाल्पाली संगमका अन्तराष्ट्रिय संयोजक सतिश चापागाईँ, पाल्पाली डिएमभी एरिया संयोजक पर्शु नेपाल, स्वास्थ्य समाग्री पाल्पा पठाउन मुख्य भूमिका निर्वाह गर्ने सेमन्त खराल, केशव आचार्य, संयोजन वितरणका लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने जिल्ला स्वास्थ्य अधिकृत ओम प्रकाश पन्थी, लुम्बिनी मेडिकल कलेजका नेलराज नेपाल, तानपाका जनस्वास्थ्य अधिकृत झपेन्द्र न्यौपाने तथा पाल्पाली संगम अमेरिकाको अनुरोधमा आर्थिक सहयोग गर्ने सम्पूर्णप्रति अध्यक्ष न्यौपानेले धन्यवाद ज्ञापन गरेका छन् ।

No photo description available.

 

वि.सं.२०७८ जेठ ११ मंगलवार १०:०५ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...