back
CTIZAN AD

महोत्तरीमा अहिलेसम्म काराेनाबाट ५९ को मृत्यु, गाउँ सिल

वि.सं.२०७८ जेठ ११ मंगलवार

657 

shares

११ जेठ, महोत्तरी । कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह न्दै गएको छ ।

कार्यालयका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार कोरोनाबाट ५९ जनाको मृत्यु भइसकेको छ भने आजसम्म कूल एक हजार ८९७ सङ्क्रमित भएका छन् । पैँतीस जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने बाँकी आ–आफ्नो घरमा आइसोलेशनमा रहेका छन् । उहाँका अनुसार २४० ले कोरोना जितेका छन् ।

यसैबीच जिल्लाको भङ्गहा नगरपालिकाको एउटै वडामा ५० भन्दा बढी सङ्क्रमित फेला परेपछि सो वडालाई आज बिहानदेखि सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद भट्टराईका अनुसार भङ्गहा–४ स्थित रामनगर बिर्तागाउँमा ५० भन्दा बढी सक्रिय सङ्क्रमित फेला परेपछि आजदेखि सो गाउँलाई पूर्णरूपमा सिल गरिएको हो । सो गाउँमा आजदेखि बाहिरबाट कुनै पनि व्यक्तिको प्रवेश निषेध गरिएको छ । भित्रबाट बाहिर आउजाउसमेत पूर्ण प्रतिबन्ध लगाइएको प्रजिअ भट्टराईले बताए ।

वि.सं.२०७८ जेठ ११ मंगलवार १०:२० मा प्रकाशित

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...