११ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बैकल्पिक विधिबाट परीक्षा संचालनका लागि आवस्यक व्यवस्था बनाउन आग्रह गरेको छ ।
कोरोना महामारीका कारण संचालनमा रहेका पठनपाठन स्थगित गर्नु परेको तथा संक्रमणका कारण शिक्षक, विद्यार्थी, अभिभावकहरु महामारीको चपेटामा परेकोमा दुःख व्यक्त गर्दै पठनपाठन अवरुद्ध हुन नदिन सबै प्रकारका बैकल्पिक विधि अपनाउन अनुरोध गरेको हो ।
‘यस विषम परिस्थितिसँग जुध्न आफ्नो तर्फबाट हुनसक्ने र गर्न सकिने सबै प्रकारको सहयोग अगाडि बढाउन र पठनपाठन अबरुद्ध हुन नदिनका लागि बैकल्पिक विधि मार्फत् सुचारु भइरहेका कक्षाहरुलाई निरन्तरता दिन, सन्चाल हुन बाँकी रहेका कक्षाहरु सुचारु गर्न, रोकिएका परीक्षाहरु पनि बैकल्पिक विधिबाट लिन आवस्यक व्यवस्था मिलाउनका लागि सम्बन्धीत सबैलाई यसैमा केन्द्रीत भई अगाडि बढ्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ–आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयको सम्पर्कमा आउन पनि यसै विज्ञप्तिमार्फत् हार्दिक अनुरोध गर्दछु ।’ त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाद्धारा जारी सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
वि.सं.२०७८ जेठ ११ मंगलवार १४:०४ मा प्रकाशित






























