back
CTIZAN AD

अमेरिकाद्वारा जापान र श्रीलंका नजान आफ्ना नागरिकलाई सुझाव

वि.सं.२०७८ जेठ ११ मंगलवार

591 

shares

११ जेठ, न्युयोर्क । अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार सो सूचना जारी गरेको हो । लेभल–४ को स्वास्थ्य सम्बन्धी यात्रा सूचना जारी गर्दै कोभिड–१९ को अत्यन्तै खतरा भएको मुलुकका रुपमा जापान र श्रीलंकालाई पनि राखेको छ ।

त्यसैले आफ्ना नागरिकलाई कोभिड १९ को खतरा बढ्दै गएको भन्दै जापान र श्रीलंका नजान भनिएको सो सूचनामा जनाइएको समाचारमा बताइएको छ ।उक्त सूचनाअनुसार अमेरिकाको विदेश मन्त्रालयले सोमबार जापान र श्रीलंकाका लागि लेभल–४ को ट्राभल एड्भाइजरी जारी गरेको थियो । जसमा जापान र श्रीलंका भ्रमण नगर्न भनिएको छ ।

यसका लागि जापानको अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रुपमा बन्द भएको कारण अमेरिका फर्कनु पर्ने नागरिकहरुले ती दुई देशका राजदूतावासमा सम्पर्क राख्न समेत भनेको छ । जापानमा जुलाई २३ मा ओलम्पिक हुने भनिएको छ । सो कार्यक्रमको करिब २ महिना अघिमात्र अमेरिकाले कोभिडका कारण समस्या भएको भन्दै आफ्ना नागरिकलाई सो सूचना जारी गरेको बताइएको छ ।
सिन्ह्वा

वि.सं.२०७८ जेठ ११ मंगलवार १४:०५ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...