back
CTIZAN AD

प्रधानन्यायाधिशलाई मध्यरातमा निवासमा बोलाउनु शुभ संकेत होइन–डा.भट्टराई

वि.सं.२०७८ जेठ ११ मंगलवार

810 

shares

११ जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा  जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानन्यायाधिशलाई मध्यरातमा निवास बोलाउन शुभ संकेत नभएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राति प्रधानन्यायाधिश चोलेन्द्र समशेर जवरालाई छलफलका लागि बालुवाटार बोलाएको समाचार सार्वजनिक भएपछि डा. भट्टराईले ट्विटरमार्फत् यस्तो टिप्पणी गरेका हुन् ।

‘प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार÷हल्लाको लोकतन्त्रका लागि शुभसंकेत हैनन् ! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो,त्यो नियम/नजीर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान÷लोकतन्त्र मास्ने खेल पूरा नहोस् !’ नेता भट्टराईले भनेका छन् ।

सोमबार प्रतिनिधिसभा विघटनको निर्णयलाई बदरको माग गर्दै विपक्षी गठबन्धनका १४६ सांसदहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकै दिन प्रधानमन्त्रीले प्रधानन्यायाधिशलाई बालुवाटारमा छलफलका लागि बोलाएको भन्ने समाचार सार्वजनिक भएको थियो ।

वि.सं.२०७८ जेठ ११ मंगलवार १४:४७ मा प्रकाशित

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको...

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक...

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै...