back
CTIZAN AD

माधव समूहका थप १२ नेतामाथि कारबाहीको तयारी

वि.सं.२०७८ जेठ १२ बुधवार

726 

shares

जेठ ११, काठमाडौं । नेकपा (एमाले)ले थप १२ नेताहरुलाई स्पष्टीकरणको पत्र पठाउने भएको छ । सोमबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार आज थप १२ जनालाई स्पष्टीकरण पत्र पठाउन लागिएको हो ।

सोमबारको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित उनीहरु पक्षीय ११ सांसदलाई पार्टी सदस्यसमेत नरहने गरि निष्कासन गरेको थियो । एमालेले विपक्षी गठबन्धनको सरकार बनाउन हस्ताक्षर चलाएका २३ सांसद कारबाही गर्ने निर्णय गरेअनुसार थप १२ नेताहरुलाई स्पष्टीकरण सोधेको हो ।

बुधबार नेताहरु सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा स्पष्टीकरण पत्र पठाउन लागिएको बताइएको छ ।

एमालेमा कर्णाली प्रकरणदेखि कारबाहीको श्रृंखला चलेको छ । एमालेको संस्थापन पक्षले कर्णाली प्रदेशसभा, बागमती राष्ट्रिय सभा र केन्द्रमा सरकार बनाउन विपक्षीलाई सहयोग गर्ने माधव समूहमाथि चरणबद्ध कारबाही गर्दै आएको छ ।

वि.सं.२०७८ जेठ १२ बुधवार १३:०८ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...