Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

नेपाल लाइफको सचेतनामुलक भिडियो सार्वजनिक



१२ जेठ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै सचेतनामुलक सांगीतिक भिडियो सार्वजनिक गरेको छ ।

बुधबार कम्पनीले ‘सचेत बनौ ! कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो सार्बजनिक गरेको हो ।

उक्त भिडियो मार्फत कम्पनीले अहिलेको कोभिड–१९ महामारीमा सबै जनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न पनि आग्रह गरेको छ । अहिलेको विषम परिस्थितिमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ ।

आफू बाच्न र अरुलाई पनि बचाउन हामी आफैंले सावधानी अपनाउन आग्रह गरिएको छ । भिडियो मार्फत भोलीका दिनमा महामारीबाट मुक्त भइ जनजीवन सामान्य अवस्थामा आएपछि फेरी पनि हामी रमाउँला भन्ने सन्देश देखाइएको छ । अन्त्यमा सचेत बनौ, कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौ भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।

सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनले उत्कृष्ठ भिडियो बनेको छ । हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको छ ।

पुष्कर महत्तोको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका हुन् भने सन्तोष दवाडीले सम्पादन गरेका हुन् ।

अल थ्री मिडिया घर, बागबजारको पोष्ट प्रोडक्सन रहेको उक्त भिडियोका पोष्ट प्रोडक्सन प्रमुख पदम तिमल्सिना रहेका छन् ।

हेर्नुहाेस्र भिडियाे


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना