back
CTIZAN AD

सातवर्षमा बन्यो पक्की पुल, अझै सञ्चालनविहीन

वि.सं.२०७८ जेठ १२ बुधवार

753 

shares

१२ जेठ, काठमाडौँ । नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले हैरानी एवम् सास्ती झेल्नु परेको छ ।

सडक विभागले धादिङ् तर्फका फोस्रेटारमा करिव १५ मिटरको एप्रोज सडकको ट्र्याक हालसम्म खुलाउन नसक्दा सो नगरपालिकाबासी तथा नुवाकोटका तारकेश्र गाउँपालिकाका बासिन्दाले अकालमा ज्यान समेत गुमाएका छन् ।

सो पुल धादिङको गल्छि गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका –५ मा पर्छ । सडक डिभिजन कार्यालय भरतपुरद्वारा यही जेठ ७ गते जारी पत्रअनुसार फोस्रेटार तर्फका केही सीमित व्यक्तिका अनावश्यक अबरोध, असहयोग, विवादका कारण ट्र्याक खोल्न नसकिएको हो ।

ती दुई जिल्लाको सामाजिक तथा आर्थिक विकास एवम् रणनीतिक दृष्टिकोणले उक्त पुल महत्वपूर्ण मानिएको छ । केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी सडकमा अवस्थित सो पुलको लम्बाइ १२० र चौडाइ १६ मीटर छ ।

निर्माण सम्पन्न भएको तीन महिना पुग्दा पनि पुल सञ्चालनमा नल्याइएकामा आपत्ति जनाउँदै छिटो विवाद टुङ्ग्याउन दबाब दिन नीलकण्ठ ५ का युवाले ‘पुल सञ्चालन अभियान’ नै शुरुआत गरेका छन् । पूर्व सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति, नीलकण्ठ नगरपालिका, गल्छि गाउँपालिका र विभागलाई छिटो भन्दा छिटो पुल सञ्चालनमा ल्याउन अभियानकर्मीले माग गरेका छन् ।

एप्रोज सडककको ट्र्याक खोल्ने विषयमा छिटो अध्ययन गरी ती सडकमा पर्ने जग्गाको मुआब्जा दिन आवश्यक परेमा मुआब्जा दिन र छिटो विवाद अन्त्य गर्न समेत अभियानकर्मी ती निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

कार्यालयका इञ्जिनियर कृष्णबहादुर खड्काले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय धादिङ,नीलकण्ठ नगरपालिका र गल्छि गाउँपालिकालाई एप्रोज सडकको ट्र्याक खुलाउन आवश्यक सहयोग र सहजीकरण गर्न पत्राचार गरिएको जानकारी दिए । उनले ती निकायबाट आवश्यक सहयोग र सहजीकरण गरिदिएमा छिटो भन्दा छिटो एप्रोज सडककको ट्र्याक खुलाइ पुल सञ्चालनमा आउने जानकारी दिए ।

पुल बन्न सात वर्ष लाग्यो

चरवर्षमा बन्नुपर्ने पुल सातवर्षमा बल्ल सम्पन्न भएको थियो । २०७१ सालमा सडक विभाग र सपना हिम्डुङ एण्ड थोकर तथा नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीका बीचमा ठेक्का सम्झौता भएको थियो । १९२ मिटर लामो पुलको निर्माण गर्न करिव सात वर्ष लागेको थियो ।

सो पुल सञ्चालनमा आएमा गल्छीदेखि केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी पुग्न १० किलोमिटर बाटो छोटो हुने बताइएको छ । साथै नुवाकोटको तारुका जान समेत पनि सो बाटो सहज हुन्छ । एक अभियानकर्मी भन्छन्, “ पुल सञ्चालन गर्न हामीले धेरै कोसिस गर्यौँ । अनुनय विनय गर्यौँ। पक्कि पुल भनेर के गर्नु रु उपयोग गर्न नपाएपछि । बिरामीलाई अस्पताल पुर्याउन नसक्दा ज्यान गुमाउनु परेको छ ।”

सो ठेकेदार कम्पनीले नुवाकोटतर्फको ३०० मिटर सडक कालोपत्रे गरिसकेको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले बाटो खुलाउन प्रयास भइरहेको जानकारी दिए । उनले भने, “जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको समस्यालाई समाधान गर्न पहल भइरहेको छ । समाधान निस्कन्छ । अगामी दिनमा केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी सडकको स्तरोन्नतीमा थप बजेट निकासा गर्ने योजना छ । ”

फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी सडकको ट्र्याक खुलाउन शुरुआतका समयमा रोडबोर्ड नेपालले आर्थिक सहयोग गरेको थियो । यसकार्यमा बोर्डका तत्कालीन इञ्जिनियर मुरलीगोपाल रञ्जितकार र नीलकण्ठ –५ का समाजसेवी एवम् राजनीतिज्ञ रामहरि शर्मा नेपालको अथक योगदान छ ।

उनले भने, “अब सडक कालोपत्रे गर्न सबै जुट्नुपर्छ । यसका लागि सहयोग र सहकार्य आवश्यक छ । ” गल्छी गाउँपालिकाकाले सडक विभागको कमजोरीले गर्दा समस्या आएता पनि बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।
रासस

वि.सं.२०७८ जेठ १२ बुधवार १३:४५ मा प्रकाशित

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस...