जेठ ११, काठमाडौं । नेकपा (एमाले)को सुदुरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । एमालेको केन्द्रले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेशसभा सदस्य पूर्णाँ जोशीका अनुसार कोरोना महामारीको पछिल्लो अवस्था हेरेर यस्तो निर्णय गरिएको हो । उनले बताएअनुसार एमालेले समर्थन फिर्ता लिँदैमा प्रदेशमा वैकल्पिक सरकार बन्ने स्थिति छैन् ।
प्रदेशसभामा एमालेसँग एकलै २५ सांसद छन् । तर १८ सांसद माधव पक्षका छन् । केन्द्रमा माधव पक्षलाई गरिएको कारबाही स्वरुप पनि प्रदेशमा यस्तो निर्णय भएको हो ।
सोमबार बसेको एमाले स्थायी समिति बैठकले प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
५१ सदस्यीय सुदुरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका सांसद १३ जना मात्रै छन् । तत्कालिन एमाले र माओवादी केन्द्रबीच भएको भागवण्डामा सुदुपश्चिम ओवादी केन्द्रले नेतृत्व गर्ने अवसर पाएको थियो ।
वि.सं.२०७८ जेठ १२ बुधवार १३:३६ मा प्रकाशित






























