back
CTIZAN AD

बढ्न थाल्यो निको हुनेको संख्या, २४ घण्टामा ७२२६ जना निको, ६९३९ संक्रमित, १०६ जनाको मृत्यु

वि.सं.२०७८ जेठ १३ बिहीवार

699 

shares

१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ६९३९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २०,४१४ पिसीआर र ५७८ ऐन्टिजेन गरी २०,९९२ नमुना परीक्षणमा ६९३९ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा २६५ ललितपुरमा ३६४ र काठमाडौंमा १७३८ गरी उपत्यकामा २३६७ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । आज थपिएका ६९३९ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबारको तुलनामा आज मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । आज थपिएका १०६ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६,९५१ पुगेको छ ।

त्यस्तै २४ घण्टामा ७२२६ जना निको भएका छन् । आज निको भएका ७२२६ जनासँगै नेपालमा हालसम्म ४ लाख १८ हजार ८२९ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो दर ७७.२ प्रतिशत हो ।

त्यसैगरी हाल देशैभरी १ लाख १६ हजार ४७६ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७८५० जना र होम आइसोलेशनमा १ लाख ८ हजार ६२६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १६४५ जना र भेन्टिलेटरमा ४५७ जना उपचाररत छन् । साथै क्वारेन्टिनमा रहनेको संख्या १००९ पुगेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २९ लाख ९८ हजार ६४ वटा नमुना परीक्षण गरिएको छ । नेपालमा हालसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या २१ लाख १३ हजार ८० रहेको छ भने दोस्रो मात्रा लगाउनेको संख्या ६ लाख २८ हजार ८८४ जनाले लगाएको मन्त्रालयको तथ्यांक रहेको छ ।

आज देशैभरी ६७१४ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु

वि.सं.२०७८ जेठ १३ बिहीवार १६:५९ मा प्रकाशित

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने...

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...