१३ जेठ, काडमाडौँ । अब अनलाइनबाटै कुन अस्पतालमा कति बेड खाली छन्, कति आइसियु र भेन्टिलेटर छन् भन्ने जानकारी प्राप्त गर्न सकिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ बारे जानकारी दिन सञ्चालनमा ल्याएको बेवसाइटhttps://covid19.mohp.gov.np/ मा गएर साइटको माथि दायाँतर्फ भएको हस्पिटल, बेड आइसियुमा क्लिक गरेपछि https://covid19.mohp.gov.np/hospital/covid_hospital.html खुल्ने साइटमा गएर कुन जिल्ला/प्रदेशको कुन अस्पतालमा वेड, आइसियू र भेन्टिलेटर खाली भए नभएको जानकारी पाउन सकिन्छ।
कोभिड–१९ का बिरामीहरुको उपचारका लागि देशभरका सरकारी तथा निजी गरी १५७ अस्पताल सूचीकृत छन्। ती मध्ये निजी क्षेत्रका ४५ अस्पतालहरुसँग सम्झौता गरी कोभिड–१९ का बिरामीहरुको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।
सरकारले पछिल्लो १३ महिनामा ५७७ भेन्टिलेटर र ४०० इन्टेन्सिभ केयर युनिट (आईसीयू) बेड थपेको छ । यससँगै देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या ९०४ पुगेको छ भने आईसीयू बेडको संख्या ३ हजार पुगेको छ ।
वि.सं.२०७८ जेठ १३ बिहीवार १८:५५ मा प्रकाशित






























