back
CTIZAN AD

सुदुरपश्चिममा एमाले विवाद, माओवादी सरकारमा सहभागी तीन मन्त्रीलाई सोधियो स्पष्टीकरण (पत्रसहित)

वि.सं.२०७८ जेठ १३ बिहीवार

702 

shares

जेठ ११, काठमाडौं । नेकपा (एमाले) प्रदेश कमिटीले सुदुरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । केन्द्रको निर्णय उल्लंघन गरेको भन्दै बिहिबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई स्पष्टीकरण सोधेका हुन् ।

उनीहरुलाई स्पष्टीकरण बुझाउन २४ घण्टे समयसीमा दिइएको छ । स्पष्टीकरण पत्रमा उनीहरुलाई पार्टीको निर्देशन अवज्ञा गरेको, मन्त्रालयलाई पार्टीविरोधी अखडा बनाएको आरोप लगाएको छ ।

सोमबार बसेको एमाले स्थायी समिति बैठकले माओवादी नेतृत्वको सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन गरेको थियो । तर, नेता माधवकुमार नेपाल पक्षको बहुमत एमालेको सुदुरपश्चिम संसदीय दलले स्थायी समितिको निर्णयलाई अस्वीकार गरेको थियो । संसदीय दलले सरकारलाई दिएको समर्थन कायमै राख्दै मन्त्री फिर्ता बोलाउन आवश्यक नरहेको निष्कर्ष निकालेको थियो ।

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट सहभागी मन्त्रीहरु शाह, सुवेदी र भट्ट नेपाल समूहका हुन् ।

वि.सं.२०७८ जेठ १३ बिहीवार १७:५८ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...