back
CTIZAN AD

दुरगामी प्रकृतिको निर्णय नलिन सरकारलाई देउवाको खबरदारी

वि.सं.२०७८ जेठ १३ बिहीवार

723 

shares

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दूरगामी प्रकृतिका निर्णय नलिन सरकारलाई खबरदारी गरेका छन् ।

बिहीबार वक्तव्य जारी गर्दै देउवाले संविधानको मूल मर्म र भावना विपरीत सत्तामा रहेको वर्तमान सरकारले संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिइरहेको जनाउँदै न्यायपालिकामा मुद्धा विचाराधीन रहेको अवस्थामा कुनैपनि दुरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यान्वन नगर्न सरकारलाई खबरदारी गरेका हुन् ।

कोभिड—१९ को रोकथाम, उपचार र राहतमा केन्द्रीत हुन सरकारसँग माग भन्दै जारी वक्तव्यमा भनिएको छ ‘वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरित सत्तामा आसिन छ । संसदीय प्रक्रियालाई छलेर दुरगामी प्रकृतिका निर्णयहरु लिँदैछ । सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारलाई खबरदारी गर्दछु ।’

विज्ञप्तिमा सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरुलाई दुरुपयोग हुनबाट अलग रहन ध्यानाकर्षण गराएका छन् ।

उनले हालै मात्र कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई बुझाएको १५ वुँदे ज्ञापनपत्रलाई गम्भीरताका साथ लिन माग गर्दै कोभिड १९ विरुद्ध खोपको तत्काल आपूर्ति गर्न, देशभर आवश्यकता अनुसार आईसीयू वेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको सुनिश्चिता गर्न माग गरेका छन् ।

निषेधाज्ञलाई व्यवहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रविन्दुमा राखी आवश्यकता अनुसार कार्यान्वय गर्न तथा विदेशी मित्रराष्ट्र र संघसंस्थाहरुबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्नसमेत माग गरेका छन् ।

वि.सं.२०७८ जेठ १३ बिहीवार १९:१४ मा प्रकाशित

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...