back
CTIZAN AD

जनताको जीवनसँग खेलवाड गरिएको ओमानबाट ५ संगठनको आरोप

वि.सं.२०७८ जेठ १३ बिहीवार

651 

shares

१३ जेठ । ओमानमा सक्रिय ५ वटा बैचारिक संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनताको जीवनसँग खेलवाड गरिएको आरोप लगाएका छन् ।

संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरुले ताजा जनादेशको नाममा कोरोना महामारीको बीचमा देशलाई मध्यावधी चुनावमा धकेली जनताको जीवनसँग खेलवाड गरेको आरोप लगाएका हुन् ।

ओमानमा रहेका ५ प्रवासी संगठन उमेश बि.क (अध्यक्ष) नेपाली जनप्रगशिल मन्च ओमान, नवीन पङेनी (महामन्त्री) जन सम्पर्क समिती ओमान, छबिलाल बस्नेत (अध्यक्ष)ओमान नेपाली एकता समाज, राजेन्द्र सिलवाल (अध्यक्ष) विवेक शिल पार्टी ओमान, लिलानाथ कोइराला (अध्यक्ष) प्रवाशी नेपाली मंच ओमान संगठनले सयुक्त प्रेस विज्ञप्ती जारी गरी उनीहरुले संवैधानिक निकाय एवं जनताको अभिमत, लोकतान्त्रिक मुल्यमान्यतालाई कुल्चिंदै अध्यादेशद्वारा शासन चलाउने प्रयत्न भइरहेको भन्दै घोर विरोध तथा भत्र्सना गरेका छन् ।

‘२०७७ पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसदको विघटन प्रतिगनको दिशामा चालिएको कदमलाई निरन्तरता दिंदै २०७८ साल जेठ ८ गते मध्य रात्रीमा केपी शर्मा ओलीद्वारा राष्ट्रपति समेतलाई दुरुपयोग गरि पुनः संसदको विघटन गराइएको छ । संवैधानिक निकाय एवं जनताको अभिमत, लोकतान्त्रिक मुल्यमान्यतालाई कुल्चिंदै अध्यादेशद्वारा शासन चलाउने प्रयत्न भइरहेको छ । प्रधानमन्त्रीको अलोकतान्त्रिक, असंवैधानिक तथा निरंकुश कदमको हामी ओमानमा सक्रिय ५ वटा बैचारिक संगठन घोर विरोध तथा भत्र्सना गर्दछौ ।’

यस्तो छ सयुक्त प्रेस वक्तव्य :
“नेपालको वर्तमान राजनीतिक घटनाक्रमहरुले ओमान स्थित बैचारिक संगठनको ध्यानाकर्षण भएको छ । २०७७ पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसदको विघटन प्रतिगनको दिशामा चालिएको कदमलाई निरन्तरता दिंदै २०७८ साल जेठ ८ गते मध्य रात्रीमा केपी शर्मा ओलीद्वारा राष्ट्रपति समेतलाई दुरुपयोग गरि पुनः संसदको विघटन गराइएको छ । संविधानिक निकाय एवं जनताको अभिमत, लोकतान्त्रिक मुल्यमान्यतालाई कुल्चिंदै अध्यादेशद्वारा शासन चलाउने प्रयत्न भइरहेको छ । प्रधानमन्त्रीको अलोकतान्त्रिक, असंवैधानिक तथा निरंकुश कदमको हामी ओमानमा सक्रिय ५ वटा बैचारिक संगठन घोर विरोध तथा भत्र्सना गर्दछौ ।
देशमा वैश्विक कोरोनाका महामारी कारण जनता त्रशित छन् । प्रवासमा पनि नेपाली श्रमिकहरुको स्थिति झन कष्टकर बनिरहेको छ । कोरोना महामारीले गर्दा देशको अर्थतन्त्र एवं आम जनजीवन अस्तव्यस्त छ । स्वास्थ्य क्षेत्रमा पनि सरकार पूर्णरुपमा असफल भएको छ । संक्रमण रोक्न जताततै निषेधाज्ञा गरेता पनि सफल हुन सकेको छैन । यो अवस्थामा सरकारले जनताको जीवन सुरक्षा गर्नको लागि युद्धस्तरमा कामगर्नु पर्ने आवस्यकता हो तर ओली सरकारले आफ्नो आन्तरिक दलिय मतभेद छलफल गरेर समाधान गर्न नसकि नेपाली जनताको जनादेश प्रजातान्त्रिक मुल्यमान्यता सबैलाई कुल्चिंदै संसद भंग गरि देशलाई निरंकुशता तर्फ धकेलिरहेका छन् र ताजा जनादेशको नाममा कोरोना महामारीको बीचमा देशलाई मध्यावधी चुनावमा धकेली जनताको जीवनसँग खेलवाड गरेका छन् ।
संविधान अनुसार शासन व्यवस्था सञ्चालन हुनु पर्नेमा संसदबाट बहुमत गुमाईसके पछि पनि अध्यादेश मार्फत शासन चलाउने प्रयत्न गरिरहेका छन् । त्यसका लागि राजनीतिक सौदाबाजी गर्न पनि पछि परेका छैनन् । आफ्नै विगतका मुल्यमान्यता विपरित विवादित नागरिकता विधेयकलाई अध्यादेशद्वारा जारी गरि भारतीय साम्राज्यवादलाई खुशी गराउने र आशिर्वाद प्राप्त गर्ने प्रयत्न गरेका छन् । जसले देशको राष्ट्रियता माथि पनि खेलवाड गरका छन् । यतिवेला सबैभन्दा बढि राष्ट्रियता, गणतन्त्र, संविधान, धर्मनिरपेक्षता झन् खतरामा परेको छ । यो अवस्थामा देशमा लोकतान्त्रिक मुल्यमान्यता र संविधान अनुसारको शासन व्यवस्था वहालीको लागि ओलीको प्रतिगामी कदमका विरुद्ध संघर्षको विकल्प छैन । हामी ५ वटै बैचारिक संगठन नेपालमा चलेको प्रतिगमन विरुद्धको आन्दोलनमा समर्थनका साथै ऐक्यवद्धता प्रकट गर्दछौ।
धन्यवाद ।

उमेश बि क
(अध्यक्ष)
(नेपाली जनप्रगशिल मन्च ओमान ।)

नवीन पङेनी
महामन्त्री
(जनसम्पर्क समिती ओमान ।)

छबिलाल बस्नेत
(अध्यक्ष)
(ओमान नेपाली एकता समाज ।)

राजेन्द्र सिलवाल
(अध्यक्ष )
विवेक शिल नेपाली ओमान ।

लिलानाथ कोइराला
(अध्यक्ष)
प्रवाशी नेपाली मंच ओमान ।

वि.सं.२०७८ जेठ १३ बिहीवार १९:२० मा प्रकाशित

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...