back
CTIZAN AD

कोरोनाका कारण बुटवलमा एकैघरका तीनजनाको ज्यान गयो

वि.सं.२०७८ जेठ १४ शुक्रवार

672 

shares

निरा गौतम, १४ जेठ, रूपन्देही । कोरोना भाइरस सङ्क्रमणबाट एका घरका तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा रहेका बुवा,आमा र छोराको मृत्यु भएको हो । एक हप्ताको अन्तरालमा ६९ वर्षिय पुरुष, उहाँका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको मृत्यु भएको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार बाबु छोराको उपचारका क्रममा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा र आमाको होम आइसोलेशनमा बसिरहेका बेला मृत्यु भएको हो । कोरोना सङ्क्रमणबाट यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृत्यु भएको हो ।

घरकी बुहारीलाई पनि का सङ्क्रमणका कारण बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेशनमा राखिएको र परिवारमा भएको घटनाबारे अझै थाहा नदिइएको वडाध्यक्ष थापाले बताए ।

 

वि.सं.२०७८ जेठ १४ शुक्रवार ०७:२५ मा प्रकाशित

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...