१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले चिकित्सकमाथि आक्रमणको घटना तत्काल छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
सभापति देउवाले नेपालगञ्जको भेरी अस्पतालका डाक्टर नर्समाथि विहीबार भएको आक्रमण निन्दनीय कार्यरहेको बताउँदै तत्काल छानविन गरी कडा कारबाहीको माग गरेका हुन् ।
‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो। यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन् । स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’ सभापति देउवाले सामाजिक संजालमा ट्विटमार्फत् भनेका छन् ।
नेपालगञ्जस्थित #भेरी_अस्पतालका डाक्टर र नर्सहरुमाथि #आक्रमण हुनु निकै निन्दनीय कार्य हो।यो #महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्।#स्वास्थ्यकर्मीमाथि भएकाे याे घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा #कारवाही गर्न माग गर्दछु।
— Sher Bahadur Deuba (@DeubaSherbdr) May 28, 2021
बिहीबार बाँकेको भेरी अस्पतालमा दाङका एक कोरोना संक्रमितको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आइसीयु कक्षमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण गरेपछि नेता शर्माले स्वास्थ्यकर्मीमाथि हातपात गर्नु जघन्य अपराध रहेको भन्दै आपत्ति जनाएका हुन् ।
भेरी अस्पताल प्रशासनका अनुसार आक्रमणमा परि डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठलाई चोट लागेको छ ।
आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथी आक्रमण गर्नु जघन्य अपराध–नेता जर्नादन शर्मा
वि.सं.२०७८ जेठ १४ शुक्रवार ०९:४२ मा प्रकाशित






























