back
CTIZAN AD

यस्तो छ रातीको ९ बजेपछिको मौषमको अवस्था, होचा स्थानहरुमा उच्च सावधानी अपनाउन अनुरोध

वि.सं.२०७८ जेठ १४ शुक्रवार

804 

shares

१४ जेठ, काठमाडौँ । जल तथा मौषम विज्ञान विभागले आज शुक्रबार राती ९ बजेपछिको मौषमी अवस्था बारे जानकारी गराएको छ ।

विभागले दिएको जानकारी अनुसार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै जसो भूभागमा निरन्तर बर्षा भैरहेको र थप बर्षा हुने अवस्था देखिएको छ ।

बिशेष गरि प्रदेश १, २, बागमती र लुम्विनी प्रदेशका तराई क्षेत्रमा थप बर्षा हुने सम्भावना देखिएकाले त्यहाँका केहि साना नदिहरुमा आकस्मिक बाढी आउन सक्ने, नदि तटिय क्षेत्र तथा तराईका डुबान हुने होचा स्थानहरुमा उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ ।

विभागले बंगालको खाडिमा विकास भएको ‘YASS’ सामुद्रिक आँधीको प्रभावले हुने वर्षाको कारण नेपालको पूर्वी भूभागबाट शुरु भई पश्चिमतिर विशेषगरि प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भूभाग भई वहने स–साना नदीहरुमा बहाव बढ्ने, केहिमा सतर्कता तहसम्म पुग्न सक्ने, प्रदेश २ र लुम्विनी प्रदेशका तराई क्षेत्रका केहि साना नदिहरुमा आकस्मिक बाढी समेत आउने सम्भावना रहेकोले २०७८ जेठ १२ गते रातिदेखि जेठ १५ गतेसम्म नदि तटिय क्षेत्र तथा तराईका डुबान हुने होचा स्थानहरुमा उच्च सावधानी अपनाउन हुन यसअघि देखि नै अनुरोध गर्दै आएको छ ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार २२:०२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...