१५ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय टोलीले आज इराकको सामना गर्दै छ । नेपालले इराकको अलफाया रंगशालामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाली केहि समय अघि मात्र कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बसरालाई राष्ट्रिय टोलीको जिम्मा दिएको थियो । उनको नेतृत्वमा नेपालले पहिलो अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । उनले यस अघि राष्ट्रिय टिममा रहेका अधिकांश खेलाडीलाई हटाएर युवा खेलाडीहरुलाई स्थान दिएका छन् ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यो खेल नतिजा भन्दा पनि प्रदर्शनको रुपमा हेरिने बताएका छन् । उनले आजको खेल सिक्ने अवसर रहेको र भविष्यको लागि सुधार गर्ने मौकाको रुपमा रहने बताएका हुन् ।
फिफा वरीयतामा नेपालभन्दा इराक १०३ स्थान माथि छ । इराक विश्व वरीयतामा ६८ औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ ।
इराक विरुद्धको मैत्रीपूर्ण खेलपछि विश्वकप छनौट चरणका ३ खेल खेल्ने छ । यी सबै खेलहरु कुवेतमा हुने छन् । नेपाली टोली इराकबाट सिधै कुवेत प्रस्थान गर्ने छ । नेपालले जुन ३ मा चाईनीज तापेई, जुन ७ मा जोर्डनसंग , र जुन ११ मा अष्ट्रेलियासंग खेल्ने छ । विश्वकप छनौटमा नेपाल रहेको समुहमा नेपालसंगै अष्ट्रेलिया, कुवेत, जोर्डन, र चाईनिज तापेई छन् ।
नेपाल र इराक बिचको खेल नेपाल समय अनुसार राति १०:१५ बजेबाट सुरु हनुेछ । आजको मैत्रीपूर्ण खेलको लाइभमा युट्युबमा हेर्न सकिने छ । कतारी स्पोर्ट्सको https://www.youtube.com/c/imnsport/videos च्यानलमा गएर आजको खेल लाइभ हेर्न सकिने छ ।
वि.सं.२०७८ जेठ १५ शनिवार ०९:४० मा प्रकाशित



























