back
CTIZAN AD

लम्पसारवादलाई स्विकार गर्दैनौ –डा. लोहनी

वि.सं.२०७८ जेठ १५ शनिवार

798 

shares

१५ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले लम्पसारवादलाई लम्पसारवादलाई स्वीकार नगर्ने बताएका छन् ।

पार्टीको ३१ औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त  गर्ने क्रममा विदेशी शक्ति सामु झुक्ने अरु पार्टीका नेताहरुको प्रवृत्तिप्रति सांकेतिक प्रहार गर्दै उनले यस्ताे धारणा राखेका हुन् ।

राप्रपा जातियता र क्षेत्रवादमा विश्वास नराख्ने, कुनै पनि धर्मको अनादार नगर्ने, बरु सबैको सम्मान गरिने बताउँदै उनले तर आफ्नो धर्म र संस्कृति माथिको प्रहारलाई कदापि स्विकार नगरिने उल्लेख गरेका छन् ।

उनले हाम्रो संस्कृति र सभ्यतामा निहित समतामुलक, मानवतावादी परम्परा र एक्काइसौं सताव्दी अनुकूल विज्ञान, प्रविधि, पुजि र श्रमको समायोजनमा निहित निरन्तरता सहितको गतिसिलताको दृष्टिकोणलाई आत्मसाथ गरेर नेपाल राष्ट्रलाई विश्वमा उज्यालो ताराको रुपमा खडा गर्न प्रण गर्न आफ्नो पार्टीपंक्ति सबैसँग आग्रह गरेका छन् ।

यस्तो छ शुभकामना मन्तव्य :
“१) आज हाम्रो गौरवसालि पार्टीको ३१ औँ स्थापना दिवस हो। यो शुभ दिनको उपलक्ष्यमा पार्टीका कार्यकर्ता, लाखौ शुभचिन्तक, सहयोगी तथा देश, विदेशमा रहनु भयका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक राष्ट्रवादी अभिवादन गर्दछु।
साथै हाम्रो पार्टी स्थापनामा सक्रिय रहनु भएका दिवंगत सवै नेता तथा कार्यकर्ताहरुमा श्रद्धाञ्जली अर्पण गर्दछु।
२) राप्रपा नेपाली माटोमा जन्मिएको र हुर्किएको राष्ट्रवादी(प्रजातन्त्रवादी(उदारवादी दल हो। हामीले नेपालको पहिचान हिन्दुराष्ट्र हुनु पर्ने, नेपालमा संविधान भित्रको राजसंस्था कायम हुनुपर्ने तथा राज्यको शक्ति तल्लो राजनीतिक इकाइसम्म हस्तान्तरण हुनुपर्ने एजेन्डा आत्मसाथ गरेका छौ।
३) हामी लम्पसार वादलाइ स्विकार गर्दैनौ। जातियता र क्षेत्रवादमा विश्वास राख्दैनौ। हामी कुनै पनि धर्मको अनादार गर्दैनौ बरु सवैको सम्मान गर्छौ तर आफ्नो धर्म र संस्कृति माथिको प्रहारलाइ कदापि स्विकार गर्दैनौ।
४) हामी भ्रष्टाचार विरुद्द निरन्तर संघर्ष गर्नेछौ। नेपाली समाजमा पछाडि परेका र पारिएका सबैको स्वाभिमान र सम्मान कायम गर्दै देशको उन्नति र प्रगतिमा समानुपातिक र समावेसि सिद्धान्त वमोजिम अगाडि वढन प्रतिबद्द छौ। मेचिदेखि महाकालि हिमाल(पहाड, तराइ–मधेस सवै क्षेत्रका नेपालीहरुको हित, प्रजातान्त्रिक अधिकार तथा न्याय र समानताको उज्यालो मसाल बोकेर अगाडि बढन प्रतिबद्द छौ।
५) हामी हाम्रो संस्कृति र सभ्यतामा निहित समतामुलक, मानवतावादी परम्परा र एक्काइसौं सताव्दी अनुकूल विज्ञान, प्रविधि, पुजि र श्रमको समायोजनमा निहित निरन्तरता सहितको गतिसिलताको दृष्टिकोणलाई आत्मसाथ गरेर नेपाल राष्ट्रलाई विश्वमा उज्यालो ताराको रुपमा खडा गर्न प्रण गरौ।
६) राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरिका लाखै युवाहरुको राजनैतिक आस्था र भविश्य प्रतिको सुरक्षा र विश्वास बोकेको छ। यो यथार्थतालाइ मनन गरेर युवा साथिहरुलाई पार्टी भित्र सजग र सक्रिय गराउदै विभिन्न तहका नेतृत्वमा प्रोत्साहन र स्थापित गराउन मेरो निरन्तर प्रयास रहने छ।
७) भविष्यमा हामीले यो देशको नवजागरण र नवनिर्माणमा ठूलो भूमिका खेल्न सक्नु पर्छ। यो चुनौती लाइ सम्झिएर पार्टीको संगठन विस्तार गर्दै पार्टीको माध्यम राष्ट्र निर्माणको महाअभियानमा एकतावद्द भएर जुटने अठोट गरौं। यहि हाम्रो मातृभूमि प्रतिको समर्पण हुनेछ।
८) अन्तमा : यो माहान दिनको अवसरमा पुन एकपटक सवैमा राष्ट्रवादी अभिवादन व्यक्त गर्दछु।”

वि.सं.२०७८ जेठ १५ शनिवार ०९:४४ मा प्रकाशित

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...