back
CTIZAN AD

महामारी रोकथाममा स्वयंसेवा गर्दै नेपाल स्काउट

वि.सं.२०७८ जेठ १५ शनिवार

1K 

shares

१५ जेठ, काठमाडौँ । नेपाल स्काउटले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षात्मक क्रियाकलापलगायत विभिन्न सामाजिक गतिविधिलाई अभियानकै रुपमा जारी राखेको छ ।

गतवर्ष महामारी शुरु भएपछि स्काउटले युनिसेफसँगको सहकार्यमा कोरोनाबाट बच्न हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षात्मक क्रियाकलाप परिपालन गर्न गराउन शुरु गरेको तथा देशव्यापीरुपमा एसएमएस अभियानलाई अहिले परिमामर्जनसहित निरन्तरता दिएको छ । यस अभियानमा ४०० स्काउट स्वयंसेवक प्रत्येक दिन कोरोना सङ्क्रमणबाट बच्ने उपाय सिकाउँदै सक्रियरुपमा लागिरहेको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए ।

स्काउटले खोप केन्द्रमा सहजीकरण गर्ने क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानका २१ खोप केन्द्रमा १२५ स्काउट स्वयंसेवी परिचालन गरेको छ भने चिकित्सकसँग बिरामीलाई सम्पर्क गराउन प्रदेश नं। १, बाग्मती र लुम्बिनी प्रदेशमा अनलाइन स्वास्थ्य परामर्श सेवा सञ्चालन गरेको छ । परामर्शबाट हालसम्म ५९ जना चिकित्सकले करीब ५०० भन्दा बढी बिरामीलाई सेवा दिएका छन् ।

यसैगरी स्काउटले कोभिड भन्दा बाहेकका अन्य बिरामीका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । यो सेवामा स्काउटको वागमती प्रदेश समिति सदस्य अजित लामा, प्रदेश समिति सदस्य एवं पर्वतारोही प्रकाशराज पाण्डे र ललितपुर महानगर समिति सदस्य विकेन्द्र महर्जन परिचालित रहेको छ ।

यस्तै स्वास्थ्यकर्मीलाई सम्मान र प्रोत्साहनका लागि ‘स्यालुट’ कार्यक्रम, विभिन्न स्थानमा पशुपक्षीलाई आहार वितरण, हेल्प डेस्कको स्थापना, शव व्यवस्थापन, विद्यालयमा मास्क वितरण, हात धुने स्थल स्थापना र सञ्चालन गरिएको संयोजक भण्डारीले जानकारी दिनुभयो । सङ्क्रमण फैलनबाट रोक्न ७५ स्थानमा सार्वजनिक हात धुने स्थानको स्थापना गरिएको थियो । सो कार्यमा स्काउटका छ सय २५ स्काउट स्वयंसेवी खटिएका थिए भने ४९ हजार ४३४ नागरिकले प्रत्यक्ष लाभ लिएका थिए ।

 

वि.सं.२०७८ जेठ १५ शनिवार १०:२० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...