back
CTIZAN AD

गणतन्त्र लुटपाटमा परेको माओवादी नेता न्यौपानेको भनाई

वि.सं.२०७८ जेठ १५ शनिवार

885 

shares

१५ जेठ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का युवा नेता लेखनाथ न्यौपाने(Lekhnath Neupane) ले गणतन्त्र लुटपाटमा परेको बताएका छन् ।

सामाजिक सञ्जालमा आज परेको गणतन्त्र दिवसको अवसरमा धारणा राख्दै उनले वर्तमान सरकारका कामहरुका कारण गणतन्त्र लुटपाटमा परेको बताएका हुन् ।

केहि दिनयता देशमा भएका घटनाहरु उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले राज्यसत्ता हाँकेका प्रधानमन्त्री केपी शर्मा ओलीे अनैतिकताको केन्द्र भएको आरोपसमेत लगाएका छन् ।

उनले लेखेका छन् :
– हिजो शुक्रबार काठमाडौं महानगरपालिका –१३, कालिमाटी सडक पेटीमा धादिङ ९धार्के० का ४३ वर्षीय राजेश बास्कोटा मृत अवस्थामा फेला ।
– पोखरामा अक्सिजन नपाएर एकैपटक सुत्केरीसहित ६ जनाको मृत्यु ।
– १ नं. प्रदेशको सामाजिक विकासमन्त्री ९ओली० ले लुकाएर आफू निकट कार्यकर्ता, कर्मचारी र उद्योगीलाई कोभिटको ३ सय खोप (दोस्रो डोज) उपलब्ध गराएको तर जोखिमको फ्रन्ट लाइनमा बसेर काम गर्ने स्वास्थ्यकमीर्, प्रहरी, सफाइ मजदुरलगायत बेखर ।
– भेरी अञ्चल अस्पतालमा विरामीको उपचारमा रातदिन खटेका डाक्टर र नर्सहरु माथि एमाले ९ओली० नेता मानबहादुर रावतद्वारा संघातिक आक्रमण । नर्सहरु चर्पीको झ्यालबाट भागेर ज्यान बचाए ।
– राष्ट्रपति र प्रधानमन्त्रीबिचको सार्वजनिक व्यवहारबारे जनस्तरमा व्यापक नकारनत्मक टिप्पणी ।
– देशको ऋण ३ वर्षमा दोब्बर । ३ वर्ष अघि देशको ऋण ८ खर्ब ४३ अर्ब थियो भने आज यो बढेर १५ खर्ब ८९ अर्ब पुगेको छ । ३ वर्ष अघि हरेक जनताको टाउकोमा २८ हजार ऋण थियो भने आज यो बढेर ५२ हजार पुगेको छ ।
– ओली एउटै मान्छेलाई योजना आयोगको उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय सभाको सांसदसहित मन्त्री, सांसदको अवधि सकिएपछि पनि उसैलाई मन्त्री, कानूनी रुपमा मन्त्री बनाउन नक्दा उनैलाई प्रमको आर्थिक सल्लाहकार, त्यसको एक हप्तामै राजदुत बनाउने हैषियत राख्छन् ।
– ओली सांसद नभएका कैयौं मान्छेहरुलाई पटक पटक मन्त्री बनाउने नैतिक अधिकार राख्छन् ।
– आफूले विघटन गरेको संसद् पुनस्थापित हुँदासमेत कुनै नैतिकताको अर्थ खोज्न नजान्ने ओली संविधानको धारा ७६, उपधारा १, २, ३, ५ लगायत सबै प्रावधानमा आफैं प्रधानमन्त्री बन्न लालहित हुने तर गुड्डी चाहिं ‘मेरा लागि सत्ता प्रमुख होइन, नैतिकताको चिन्ता हो’ भनेर हाक्ने ।
षड्यन्त्रको महाजाल, खुरापातको राजधानी र अनैतिकताको केन्द्र ओलिटिक्स् !

वि.सं.२०७८ जेठ १५ शनिवार १०:३२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...