१५ जेठ, काठकाडौं । त्रिभुवन विश्वविद्यालयले कोभिड १९ को पहिलो र दोस्रो डोज खोप लगाउन नपाएका विद्यार्थी, कर्मचारी र शिक्षकहरुका लागि अनलाइन आवेदन भर्न आग्रह गरेको छ ।
सूचना जारी गर्दै त्रिवि रजिष्टारको कार्यालयले विद्यार्थीका साथै कर्मचारी र शिक्षकहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेव पेज https://vaccine.mohp.gov.np मा गई फारम भर्न भराउन अनुरोध गरेको हाे ।
वि.सं.२०७८ जेठ १५ शनिवार २१:४२ मा प्रकाशित































