१७ जेठ, दिल्ली । भारतमा कोरोना संक्रमित हुनेको संख्या निरन्तर घट्दै गइरहेको छ । केही साता अघि ४ लाख भन्दा बढी संक्रमित देखिएकोमा आइतबार १ लाख ५३ हजार नयाँ संक्रमित भेटिएका हुन् । समाचार ऐजेन्सीका अनुसार निको हुनेको यो संख्या ३४ दिन यताकै कमी हो ।
त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । आइतबार भारतमा ३ हजार १२९ जनाले ज्यान गुमाएका छन् । साथै मृत्यु हुनेको यो संख्या पनि ३४ दिन यताकै कमी हो ।
त्यस्तै सोहि अवधिमा २ लाख ३७ हजार जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्ला केही दिनयता संक्रमणबाट मुक्त हुनेको संख्या निरन्तर बढिरहेको छ ।
भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ करोड ८० लाख पुगेको छ ती मध्ये २ करोड ५६ लाख निको भइसकेका छन् भने सोहि अवधिमा ३ लाख २९ हजारको ज्यान गएको छ । हाल २० लाख २२ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।
त्यसैगरी महाराष्ट्रमा आइतबार १८,६०० संक्रमित थपिएका छन् भने २२,५३२ जना निको भएका छन् । साथै ४०२ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा संक्रमित हुने र निको हुनेको यो संख्या निकै कम हो । यसअघि महाराष्ट्रमा मात्रै १ हजार भन्दा बढीको मृत्यु भएको तथ्यांक रहेको थियो ।
महाराष्ट्रमा हालसम्म संक्रमित हुनेको संख्या ५७ हजार ३१, निको हुनेको संख्या ५३ हजार ६२ र मृत्यु हुनेको संख्या ९४,८४४ रहेको छ । साथै २ लाख ७१ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।
दिल्लीमा ९४६ जनामा संक्रमण
दिल्लीमा सोमबार ९४६ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा १८०३ निको भएका छन् भने ७८ जनाको मृत्यु भएको छ । दिल्लीमा संक्रमित हुनेको संख्यामा निकै कमी आएपनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन ।
दिल्लीमा हालसम्म संक्रमित हुनेको संख्या १४ लाख २५ हजार, निको हुनेको संख्या १३ लाख ८९ हजार रहेका छन् भने मृत्यु हुनेको संख्या २४,१५१ पुगेको छ । दिल्लीमा १२ हजार १ सय सक्रिय संक्रमितको उपचार भइरहेको छ ।
वि.सं.२०७८ जेठ १७ सोमवार १४:०६ मा प्रकाशित






























