back
CTIZAN AD

कांग्रेसको अन्तर्राष्ट्रिय शाखाद्वारा कोरोना पीडितलाई २१ लाख सहयोग

वि.सं.२०७८ जेठ १८ मंगलवार

642 

shares

१८ जेठ, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग गर्ने निर्णय गरिएको छ । ती जिल्लामा गरिने सामग्री तथा सहयोग तथा संरचनाको छिट्टै जानकारी गराइने शाखाका जापान संयोजक डा बलराम श्रेष्ठले राससलाई जानकारी दिए ।

जापानबाट महेश श्रेष्ठले रु एक लाख, डा बलराम श्रेष्ठले रु ८० हजार, कृष्णप्रसाद भण्डारीेले रु १० हजार, भेषनारायण श्रेष्ठले रु १० हजार र शङ्करप्रसाद न्यौपानेले रु १० हजार गरी रु दुई लाख १० हजार पहिलो चरणमा ती जिल्लामा पठाइसकिएको छ ।

जापानबाट अरु करिब रु दुई लाख सहयोगको प्रतिबद्धता भएको छ । अन्य देशबाट रु १८ लाख जम्मा भएको उनले बताए। हालसम्म अन्य देशबाट समेत गरी रु २१ लाखको सहयोग जुटाउन लागिएको छ । प्रत्येक जिल्लालाई रु सात लाखका दरले सहयोग दिने गरी काम भइरहेको शाखाले जनाएको छ ।

जम्मा भएको सहयोग रकम बैंकमार्फत् पठाइएको छ । सहयोग गर्न चाहनेलाई सम्पर्क गर्न पनि शाखाले सार्वजनिक आह्वान गरेको छ । जम्मा हुने सहयोग बैंकमार्फत नै पठाइने जापान शाखा संयोजक श्रेष्ठले बताए । प्राप्त सहयोग कांग्रेसका सम्बन्धित जिल्ला कार्य समितिमार्फत कोरोना सङ्क्रमित भई जीवन मरणका लागि लडिरहेका नागरिकलाई स्वास्थ्य सामग्री जुटाउन उपयोग गरिने जनाइएको छ ।
रासस

वि.सं.२०७८ जेठ १८ मंगलवार ११:५२ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...