back
CTIZAN AD

प्रतिनिधिसभा विघटनको मुद्धा पुरानै इजलासले हेर्ने

वि.सं.२०७८ जेठ १८ मंगलवार

621 

shares

१८ जेठ, काठमाडौँ । सर्वोच्च अदालतमा परेकाे प्रतिनिधिसभा विघटनको मुद्दा आजपनि यसअघिकै संवैधानिक इजलासले हेर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास ताेकेका छन् ।

केसी र श्रेष्ठले आफूहरुले सुनुवाइलाई निरन्तरता दिने बताएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले यसअघि इजलासमा रहेका न्यायाधीसहरूलाई नै निरन्तरता दिएका हुन् ।

संवैधानिक इजलासमा न्यायाधीश  श्रेष्ठ र केसीलाई राख्न नहुने वकिलहरूले अडान लिएपछि इजलास गठन बारे चर्को विवाद चलेको थियो ।  उनीहरू माथि प्रश्न उठेपछि सोमबारको सुनुवाइ स्थगित गरिएको थियो ।

प्रतिनिधिसभाको पछिल्लो विघटनको मुद्दाको संवैधानिक इजलासको प्रारम्भिक दुई दिनको सुनुवाइमा पनि यी दुई न्यायाधीश सम्मिलित भएको हुँदा उनीहरुलाई राख्न नहुने तर्क वकिलहरुले गर्दै आएका छन् ।

वि.सं.२०७८ जेठ १८ मंगलवार ११:४९ मा प्रकाशित

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...