१८ जेठ, काठमाडौँ । एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आइपीएसमा लिंक गरी अन्लाईनबाटै आफै भेरिफाइ गर्न सक्ने सुविधा बैंकले उपलब्ध गराएको छ । यस सुविधा सँगै बैंकका ग्राहकहरुले कनेक्टआइपीएसमा लिंक गरिएको खाताभेरीफाईगर्नका निम्ति बैंकको शाखापुग्नु पर्ने छैन ।
अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्ने भएको बैंकले जनाएको छ । हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरु मार्फत पनि फण्ड ट्रान्स्फर तथा अन्य भुक्तानीका निम्ति कनेक्टआइपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ । एनएमबि बैंकको यस अन्लाईन सुविधाको थालनीले बैंकका ग्राहकहरुलाई हालको लकडाउनको अवस्थामा थप सहजहुने विश्वास बैंकले गरिएको छ ।
अनलाइन सेल्फ भेरिफाई प्रक्रियाका लागि ग्राहकले कनेक्ट आईपीएसमा रजिस्ट्रर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर एउटै हुनुपर्नेछ ।

अनलाइन सेल्फ भेरिफाई गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन १ लाख रुपैयाँ तथा प्रति महिना १० लाख रुपैयाँसम्मको कारोबार सीमाप्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागिभने ग्राहकले बैंकमा फर्म बुझाएर एक पटक भेरीफाई गराउनु पर्ने हुन्छ ।
वि.सं.२०७८ जेठ १८ मंगलवार ११:४० मा प्रकाशित




























