१८ जेठ, काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको भाउ ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । तेजावी सुनको भाउ पनि तोलाको ३ सय रुपैयाँले नै बढेर प्रतितोला ९४ हजार निर्धारण गरिएको छ ।
त्यस्तै, महासंघले मंगलबार चाँदीको मूल्य भने तोलाको १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ७० रूपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

वि.सं.२०७८ जेठ १८ मंगलवार १२:५१ मा प्रकाशित





























