१८ जेठ, काठमाडौँ । एनआईसी एशिया क्यापिटलमा अनलाइनबाटै लगानी व्यवस्थापन सेवा (पीएमएस) लिन सकिने भएको छ । लगानीकर्तालाई सेयर बजारमा लगानी गरि प्रतिफल लिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले लगानीकर्तालाई अनलाइनको माध्यमबाट लगानी व्यवस्थापन सेवाको लागी आवेदन दिन सक्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
लगानीकर्ताले एनआईसी एशिया क्यापिटलको लगानी व्यवस्थापन सेवा अनलाइनमार्फत घरमै बसेर शेयर बजारमा लगानी गरी अल्पकालीन र दीर्घकालीन फाइदा लिन सक्ने कम्पनीले बताएको छ ।
अनलाइनमार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकले कम्पनीको वेबसाइट वा https://www.nicasiacapital.com/book-an-appointment लिंकमा क्लिक गरी थप जानकारीका लागि भर्चुअल मिटिङको समय बुक गर्न सक्ने कम्पनीले जनाएको छ ।
लगानी व्यवस्थापन सेवा लिन कम्पनीले उपलब्ध गराएको लिंकमा https://portfolio.nicasiacapital.com/Global/Account/Login क्लिक गरी रीतपूर्वक आवश्यक विवरण, कागजात अपलोड गर्नुपर्नेछ । उक्त सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नं. ९८५११२१९९४ मा सोझै सम्पर्क गर्न सकिने सकेत जनाएको छ ।

वि.सं.२०७८ जेठ १८ मंगलवार १२:४२ मा प्रकाशित


























