back
CTIZAN AD

एमालेमा दोस्रो तहका नेताहरुको अनौठो सक्रियता, के विभाजन रोक्न सफल होलान् ?

वि.सं.२०७८ जेठ १८ मंगलवार

744 

shares

जेठ १८, काठमाडौं । नेकपा (एमाले)मा पार्टी विभाजन रोक्न अन्तिम पटक फेरि प्रयास थालिएको छ । माधवकुमार नेपाल पक्षले छुट्टै पार्टी घोषणा गर्ने तयारी गरिएको बेला पुनः एकता जोगाउन प्रयास थालिएको हो । पछिल्लो पटक संवादका लागि दोस्रो तहका नेताहरु सक्रिय बनेका छन् ।

पार्टी विवाद मिलाउनका लागि भन्दै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरु सोमबार राती संवादमा जुटेका थिए । सोमबार राती भएको वार्तामा नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई सहभागी थिए भने ओली पक्षका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी थिए ।

झण्डै चार घण्टासम्म चलेको वार्ता निकै सकारात्मक भएको नेताहरुले बताएका छन् । बताइएअनुसार सोमबारको वार्तासँगै माधव पक्षका थप १२ नेतामाथि गर्न लागिएको कारबाही रोकिने सम्भावना छ ।

यसअघि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षका ११ नेतालाई पार्टी सदस्यसमेत नरहने गरि निष्कासन गरेका थिए ।

कति सम्भव छ एकता जोगाउन ?

अध्यक्ष ओलीले माधव नेपालसहित उनी पक्षीय ११ नेतालाई पार्टी सदस्यसमेत नरहने गरि निकाष्सन गरेका छन् । अहिले ओलीले पुनः घनश्याम भुसालसहित १२ नेतालाई कारबाहीको तयारी गरेका छन् । ओलीले मागेको २४ घण्टे स्पष्टीकरण नेताहरुले दिन अस्वीकार गरेका थिए ।

स्पष्टीकरण नबुझाएका नेताहरुलाई मंगलबार बस्ने स्थायी समिति बैठकमार्फत कारबाही गर्ने तयारी ओलीले गरेका छन् । सोमबार युवा संघको जुम मिटिङ्गलाई सम्बोधन गर्ने क्रममा पनि ‘पार्टीभित्रका गलत तत्वलाई ठेगान लगाएरै छाड्ने’ कुरा ओलीले बताएका थिए ।

यस्तोमा ओलीले पुनः पार्टी एकताको पहल गर्ने सम्भावना निकै कमजोर देखिन्छ । अहिले ओलीले माधव पक्षका एक पछि अर्को नेताहरुलाई कारबाही गरिरहेका छन् भने माधव पक्षले पनि बेग्लै पार्टी बनाउने अभियान थालेको छ । हालै मात्र माधव पक्षका युवा नेताहरुले निर्वाचन आयोगमा नेकपा (एकता केन्द्र) नामक पार्टी दर्ताको निवेदन बुझाएका थिए ।

अहिले माधव पक्ष सर्वोच्चको निर्णयको पर्खाइमा छ । उसले सर्वोच्चको निर्णयको आधारमा पार्टी दर्ता कहिले गर्ने निर्णय गर्ने तयारी गरेको छ ।

वार की पारको लडाईँ चलिरहेको एमालेमा मिल्ने सम्भावना भने कमजोर रहेको धेरैको टिप्पणी छ । घनश्याम भुसालकै भनाईलाई आधार मान्दा पनि ओली संविधान र व्यवस्था नै खारेज गर्ने अभियानमा लागेका छन् । यस्तो अवस्थामा माधव समूह ओलीका कदममा साँक्षी बन्ने सम्भावना कमजोर छ ।

यसबीच कतिपय नेताहरु भने पार्टी एकताको नाममा गुट परिवर्तनको खेलमा सहभागी हुने सम्भावना छ । यसअघि माधव नेपाल समूहका दर्जनौं नेताहरुले यहि बाहानामा समूह परिवर्तन गरेका थिए ।

पछिल्लो समय योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेको भूमिकालाई पनि शंकापूर्णं रुपमा हेरिएको छ ।

वि.सं.२०७८ जेठ १८ मंगलवार १२:३१ मा प्रकाशित

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...