back
CTIZAN AD

डब्ल्यूएचओद्वारा भारतमा फैलिएको नयाँ कोभिड भाइरसलाई ‘डेल्टा भेरिएन्ट’ नामाकरण

वि.सं.२०७८ जेठ १८ मंगलवार

681 

shares

१८ जेठ । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले भारतमा फैलिएको बी।१।६१७।२ कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा जनमानसले भारतीय भेरिएन्टका नामले चिन्दै आएका थिए ।

डब्ल्यूएचओले सोमबार आफ्नो एक विशेषज्ञ समूहसँगको छलफलमा भेरियन्ट्स को लागि सजिलै–उच्चारण र गैर–कलंकित सङ्केत ९नाम०हरू प्रयोग गर्न सिफारिस गरेको हो ।

डब्लुएचओले जारी विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ को प्रकारलाई जनाउँदा कुनै देशको नाम उच्चारण गर्दा यसले सम्बन्धित देशको प्रतिष्ठामाथि आँच आएको गुनासोलाई सम्बोधन गर्दै ग्रीक वर्णमालाका अक्षर अल्फा, बीटा, गामाजस्ता गैर–वैज्ञानिक समूह वा श्रोता तथा दर्शकहरुद्वारा छलफल गर्न सजिलो र अधिक व्यवहारिक हुने अक्षरहरु प्रयोग गर्न सिफारिस गरिएको छ ।”

त्यसैगरी बेलायतमा भेटिएको खतरनाक नयाँ कोभिड भाइरस ९बी।१।१।७० लाई डेल्टा, दक्षिण अफ्रिकामा भेटिएको भाइरसलाई बिटा र ब्राजिलमा भेटिएको नयाँ भाइरसलाई गामा नामाकरण गरिएको छ ।

यी भाइरसको वैज्ञानिक नाम पूर्ववत नै रहेपनि उच्चारण सजिलो बनाउन र भाइरसको पहिचान कुनै देश विशेषको नामबाट हुँदा यसले उक्त देशलाई हेर्ने विभेदकारी दृष्टिकोण बन्ने भनाइहरूपछि विश्व स्वास्थ्य संगठनले यो निर्णय लिएकोे हो ।

विश्व स्वास्थ्य सङ्गठनकी कोभिड–१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै भने, “भेरिअन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनुहुन्न ।”

अमेरिका, ब्राजिल, फिलिपिन्स र अन्य मुलुकहरूमा भेटिएका कोभिडका नयाँ प्रकारलाई एप्सिलन, जेटा, आयोेटा र थेटाजस्ता नाम दिइएको छ ।

भारतमा सबैभन्दा पहिले भेटिएको प्रकारलाई भने ‘कप्पा भेरिएन्ट’ नामाकरण गरिएको छ । भारतमा भेटिएको बी।१।६१७।२ भेरिएन्ट भारतमा कोभिडको घातक दोस्रो लहरको रूपमा देखिएको छ । महामारीको उक्त दोस्रो लहरका कारण दैनिक हजारौँको मृत्यु हुनुका साथै लाखौँ सङ्क्रमित हुँदा भारतको स्वास्थ्य सेवा संरचनालाई नै अस्तव्यस्त बनाएको छ ।

कर्खोभका अनुसार यदि २४ भन्दा धेरै भेरिअन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ ।

वि.सं.२०७८ जेठ १८ मंगलवार १२:२४ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...