back
CTIZAN AD

खाडी र मलेसियाबाट आउने नेपालीले पाँच दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने

वि.सं.२०७८ जेठ १८ मंगलवार

810 

shares

१८ जेठ, काठमाडौं । खाडी र मलेसियाबाट फर्कने नेपालीले अब ५ दिन अनिवार्य होटल क्वारेरिन्टनमा बस्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको नयाँ मादण्ड अनुसार अव खाडी र मलेसियाका देशबाट स्वदेश फर्किने नेपालीहरुले ५ दिन होटल क्वारेन्टिन र १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड बनाएको छ ।

उक्त नयाँ मापदण्डमा होटल क्वारेन्टिनमा बसेको पाँचदिनपछि पिसीआर परीक्षण गरेर नेगेटिभ आएमा आफ्नो गन्तव्यमा जान अनुमति दिने व्यवस्था गरिएको छ ।

कोरोना महामारीलाई मध्येनजर गर्दै यस अघि उडानमा प्रतिबन्ध लगाएको सरकारले मंगलबारदेखि खाडीको कतारसहित तीन देशका लागि नियमित उडान संचालन गरेको छ । मलेसिया सहित खाडीका अन्य देशमा भने उडान प्रतिबन्ध लगाइएको छ ।

त्यसैगरी आकस्मिक अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु नेपाली तथा विदेशी दुवैलाई नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट चाहिने, १० दिन होटल बुकिङ गरेको प्रमाणपत्र साथमा हुनुपर्ने तथा हवाई उडानबाट आएका यात्रुको होटेल क्वारेण्टीनको खर्च आफैँले व्यहोर्नुपर्ने पनि मापदण्डमा जनाइएको छ ।

त्यस्तै आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारका लागि आउने व्यक्तिको हकमा भने पालिकाको सिफारिसमा सिधै गन्तव्यमा जान पाइनेछ । तर, १० दिन होम क्वारेण्टीनमा अनिवार्य बस्नुपर्नेछ ।

 

वि.सं.२०७८ जेठ १८ मंगलवार १६:५८ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...