१९ जेठ, काठमाडौं । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल ११ की ७० वर्षीया महिलाको बुधबार दिउँसो १२ः१० मा इमरजेन्सीमा उपचारका क्रममा मृत्यु भएको हो ।
जेठ २ गते कोरोना संक्रमण पुष्टि भएका उनी ८ गते अस्पतालमा भर्ना भएको पनि लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
वि.सं.२०७८ जेठ १९ बुधवार १६:०३ मा प्रकाशित






























