जेठ २१, काठमाडौं । नेता माधवकुमार नेपाल पक्षीय एमालेको केन्द्रीय समितिको बैठक आज पनि सुरु भएको छ । भर्चुअल माध्यमबाट चलिरहेको आजको बैठकमा बिहिबार बोल्न नपाएका सदस्यले आफ्नो धारणा राख्नेछन् ।
यसअघि बिहिबारको बैठकमा ३९ केन्द्रीय समिति सदस्यले आफ्नो धारणा राखेका थिए । बताइएअनुसार सबै केन्द्रीय सदस्यहरुले धारणा राखेपछि बैठक सकिनेछ ।
बिहिबारको बैठकमा बोल्ने अधिकांश नेताहरुले तत्काल पार्टी पुनर्गठनमा लाग्नुपर्ने सुझाब दिएका थिए । केहि नेताहरुले भने एकिकृत एमालेमै भविष्य रहेको बताएका थिए ।
समूहले सबै नेताहरुको धारणा संकलनपश्चात आगामी योजनाबारे निर्णय लिनेछ । अहिले माधव पक्षका केहि प्रभावशाली नेताहरु एकिकृत एमाले नै बनाउनुपर्ने भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको प्रयासमा छन् ।
उनीहरुले पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा पुर्याउनुपर्ने माग गरिरहेका छन् ।
वि.सं.२०७८ जेठ २१ शुक्रवार १२:३९ मा प्रकाशित






























